
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
काठमाडाै । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ। आज मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्य अल्पमतमा छन्। उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ। प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनबाटै नयाँ मुख्यमन्त्री बनाउने पक्षमा छन्।
विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय भइसकेको छ। आइतबार विपक्षी गठबन्धनका नेताहरूबीच बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेका थिए।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नयाँ मुख्यमन्त्रीमा राईलाई समर्थन गरिएको जानकारी दिए। विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रहसमेत गरेका छन्।
प्रदेश १ को प्रदेश सभामा ९२ सांसद छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन ४६ जना प्रदेश सभा सांसद चाहिन्छ।तर नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन्। विपक्षी गठबन्धन बहुमतमा देखिन्छ।
नेपाली कांग्रेसका २१ जना सांसद छन् भने नेकपा माओवादी केन्द्रका १५ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद विपक्षी गठबन्धनमा छन्।
साथै प्रदेश १ मा राप्रपाका १ जना सांसद छन्। यसअगाडि नै मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मत प्रस्तावमा मतविभाजन गर्ने भनिए पनि नेकपा एमाले र नेपाली कांग्रेसले सभामुखलाई पत्र बुझाउँदै बैठक स्थगित गर्न माग गरेका थिए।
कांग्रेसले मुख्यमन्त्री आलोपालो हुनुपर्ने बताइरहेको थियो। तर सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रमा भएको निर्णयअनुसार नै अगाडि बढ्न प्रदेश १ का कांग्रेस सांसदहरूलाई आग्रह गरेका थिए।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग