
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
११गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१२फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
काठमाडाै । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गरिए आफुहरु चुनाव लड्न तयार भएको बताएका छन् ।
दाङमा शनिबार पार्टीनिकट युवा सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै विप्लवले जनताले चाहेजस्तो शासकीय व्यवस्था हुनुपर्ने बताएका छन्। ‘वैज्ञानिक समाजवाद कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने जनमत संग्रह’ हुनुपर्ने माग आफूहरूको रहेको उनको भनाइ छ।
‘कांग्रेस र सरकारमा बसेका अन्य पार्टीहरू लोकतन्त्रवादी हुन् भने ल ठिक छ, हामी एकपटक चुनाव लड्न चाहन्छौं,’ उनले भने, ‘संसदीय चुनाव लड्ने होइन। वैज्ञानिक समाजवाद रोज्ने कि दलाल पूँजीपति वर्गको सत्ता रोज्ने एकचोटी जनमत संग्रह गरियोस्, हामी चुनाव लड्न चाहन्छौं।’
जनमतसंग्रह गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा राखेको उनले बताए।
‘मैले प्रचण्डलाई पार्टी मिलाऔं तर त्यो पार्टी मिल्नका लागि मिलाउने होइन। ठूलो बनाउन होइन बरू जनमत संग्रहका निम्ति र समाजवादमा पुर्याउन तथा जनतालाई स्वाधिनता दिनका लागि मिलेर जाऔं भन्ने प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘चुनाव जित्नैका लागि भने हामीबाट एकता सम्भव छैन।’
तर प्रचण्ड जनताका पक्षमा संघर्ष गर्न तयार भए आफूहरू सहकार्य गर्ने पनि बताए। ‘कांग्रेस, एमाले वा माओवादी जो तयार भए पनि सहकार्य गर्छौं,’ उनले भने, ‘उहाँहरू सहकार्य गर्न चाहनुहुन्न। बरू हामीलाई पनि आफैँजस्तो सत्तामा पुर्याउन चाहनुहुन्छ, हामी उहाँहरूको सत्ता-प्रवृत्ति हेरेर वाक्क भइसकेका छौं।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आफूहरूलाई प्रतिबन्ध नै लगाएको र त्यसबेला ओली र प्रचण्डबीच झगडा हेर्दा आफूहरू वाक्क भएको पनि विप्लवको भनाइ थियो।
उनले सरकारसँग गरिएका तीन बुँदा भाँड्न खोज्नु भनेको शान्ति नचाहनु भएको पनि बताए। उनले आफूहरूको लडाइँ भ्रष्टचार, अनियमिततासँग रहेको पनि बताएका थिए।ओली प्रधानमन्त्री हुँदा विप्लवले सरकारसँग तीन बुँदे सहमति गरेका थिए। सरकारका तर्फबाट उक्त सहमति अहिलेसम्म लागु हुन् सकेको छैन ।
सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले युवाहरू निराश हुनु नहुने धारणा राखेका छन् । उनले संसारभरि श्रम गर्न पुगेका नेपाली श्रमजीवी युवाहरूले ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई नियालिरहेको भन्दै तमाम बिदेशी भूमिमा सस्तो श्रममा बेचिएका युवाहरूको आवाजलाई सङ्गठनले सम्बोधन गर्ने बेला आएको बताए ।
महासचिव विप्लवले दलाल पुँजीवादी सत्ताले आफूहरूलाई प्रतिबन्ध लगाएर समुल नष्ट गर्न खोजेको समेत जिकिर गरे । विप्लवले आफूहरू जहिले पनि शान्तिपूर्ण ढङ्गले राजनीतिक कार्यक्रम अघि बढाइरहेको भएतापनि दलाल सत्ताले युद्धमा जबर्जस्त होम्न खोजेको जिकिर गरे ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग