News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री चयन भएका छन् । नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

हिजो अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

 

डनन्यूज ट्रेन्डिङ