
१ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
५विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
६सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
काठमाडाै । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् ।
१६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरू सहभागी आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्नेलगायत प्रस्ताव मन्त्री श्रेष्ठले गरेका छन् ।
त्यस्तै न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान- बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसिआर परीक्षण, निःशुल्क क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनको प्रस्ताव थियो ।
आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो । आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ ।
१२ गतेसम्म सञ्चालन हुने डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन् ।