
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन् ।
जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु पर्ने बताए । उनले पार्टीका कामलाई नमूना कामका रुपमा मार्गदर्शन गराउनुपर्ने बताए ।
आफ्नै नेतृत्वमा संविधान कार्यान्वयनका क्रममा गएको बताउँदै उनले संविधान अनुसार नै सबै तहको निर्वाचन गरिएको र अब पार्टीलाई पनि संविधान अनुसार नै अघि बढाउने बताए । उनले शक्ति विन्यास, स्रोत बाँडफाँडका रुपमा पनि पार्टीलाई संविधान अनुसार नै हुने उनले स्पष्ट पारे ।
एमालेले ८ हजारभन्दा बढी कमिटीहरू गठन गरेको बताएका छन् । यी कमिटीलाई परिचालन गर्ने पार्टीले नै रहेको बताउँदै ओलीले त्यसका लागि आवधिक रुपमा अधिवेशन र सम्मेलन गरिने बताए ।
सात दशकको अवस्थामा पार्टीले धेरै उत्तार चढाव भोगेको भन्दै धेरैले बलिदान दिएर यो अवस्था आएको बताए । उनले एमालेलाई यो स्थानमा ल्याउन प्रेरणा दिने अग्रज प्रति आदर सद्भाव व्यक्त गर्दै सोही मार्ग दर्शनबाट अघि बढ्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।
पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए ।
कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित छन् ।
पार्टी प्रवक्ता योगेश भट्टराई विरामी परेर अस्पताल भर्ना भएका कारण कार्यक्रमको संचालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।
बाढी पहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल