
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडाैं । सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको विरोध गरेको छ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले यस घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष निकालेको छ।
मंगलबार तीन अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र त्यसको अर्थमन्त्रीका कारण यो घटना भएको निष्कर्ष निकालेको हो।
तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटेको कारण घटना भएको संगठनको आरोप छ।
‘तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरूपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतीपुर क्षेत्र रणमैदान भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अनाहकमा जनताको ज्यान गएको छ। यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’
आइतबार रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए। झडपमा सुरक्षाकर्मीसहित कयौं घाइतेसमेत भएका थिए।
त्यस घटनाको मुख्य दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न तीन संगठनले माग गरेको छ। साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको नि:शुल्क उपचार गर्न समेत माग राखेको छ।
मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न सरकारसँग माग राखेको छ।