
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
ब्युनर्स आयर्स । लियोनल मेसीले गोलको खाता खोलेपछि अर्जेन्टिनाले विश्वकप छनोटको रोमाञ्चक खेलमा आइतबार उरुग्वेलाई ३–० ले पराजित गरेको छ ।
लियोनल स्कोलनीको टिमले ब्युनर्स आयर्समा हात पारेको सफलतामा रोड्रिगो डे पउल र लाउतारो मार्टिनेजले पनि गोल गरे । यससँगै अर्जेन्टिनाले छनोटमा अपराजित यात्रालाई कायम राख्दै शीर्षस्थानमा रहेको ब्राजिलसँगको अन्तर पनि छोट्याएको छ । ब्राजिल कोलम्बियाविरुद्ध गोलरहित बराबरीमै रोकिँदा उसको अग्रता ६ अंकमा झरेको छ ।
‘हामीले राम्रो खेल्यौं । मेरो विचारमा हामीले धेरै सुधार गरेका छौं,’ १० खेलमा २२ अंक जोडेपछि मेसीले भने, ‘यो निकै कठिन खेल थियो र हामीले जित्नैपर्ने पनि थियो । उरुग्वे पछाडि बसेको थियो र खतरनाक थियो । एक गोल सुरुमा गरेपछि हामीले स्थान र अवसर बनाउन थालेका थियौं ।’
पहिलो हाफ ‘क्लासिक’ खालको रह्यो । एकले अर्को पोस्टमा बल पुर्याए र प्रहार गरे । अर्जेन्टिनाले पहिलो गोल गर्नुअघि दुवै टिमले बल पोस्टमा प्रहार गरेका थिए । उरुग्वेका लुइस स्वारेज सुरुमा निकै प्रभावशाली देखिए । उनले तीनपल्ट राम्रो अवसर पाएका थिए । कर्नरमा पाएका तीनै अवसर ‘सिक्स यार्ड बक्स’ भित्र मिलेको थियो । एक्रोब्याटिक भलीसहितका दुई प्रहारलाई गोलकिपर एमिलियानो मार्टिनेजले रोकिदिए । उनको तेस्रो प्रहार पोस्टनजिकबाट बाहिरिएको थियो ।
अर्जेन्टिनाका जियोभानी लो सेल्सोले १० यार्डबाट पनि बल बाहिर हानिदिए । मार्टिनेजले डे पाउलको क्रसलाई उपयोग गर्न सकेनन् । लो सेल्सोले गोलकिपर फर्नान्डो मुसलेरालाई छक्याउँदै प्रहार गरेको बल बारमा लागेर गोल लाइनमा बाउन्स भएको थियो । मेसीले ३८ औं मिनेटमा प्रहार गरेको बल अपत्यारिलो तवरले गोलमा परिणत भएपछि खेलको शून्यता तोडिएको थियो । उनले बायाँ खुट्टाले गरेको ‘चिप’ मा निकोल गोन्जालेज चुके र त्यसमा निर्णायक उपस्थिति दर्शाउन सक्ने अवस्था गोलकिपर मुसलेरा पनि गुमाए ।
उरुग्वेका खेलाडीहरूलाई पेनाल्टी क्षेत्र वरिपरि घुमाएको क्षण डे पाउलले ४४ औं मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । मेसीले मार्टिनेजलाई दिएको पासमा बल डिफेल्क्ट भएको थियो । त्यसमा मार्टिनेजको प्रहार सटीक भएन । त्यही बललाई डे पाउलले गोलमा परिणत गरिदिए । पहिलो हाफमै मार्टिनेजले गोल गर्ने अवसर पाएका थिए तर उनले बल सीधै गोलकिपर मुसलेराको हातमा दिए ।
मार्टिनेज दोस्रो हाफमा पाएको अवसरमा भने आफ्नो नाममा गोल लेखाउन सफल भए । मेसीको चलाखीपूर्ण खेलमा डे पाउलले क्रस गर्दा पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मार्टिनेजले ६२ औं मिनेटमा अर्जेन्टिनाको अग्रता तेब्बर बनाए । दोस्रो हाफ पनि पहिलो हाफजस्तै रोमाञ्चक भएन । खेल अर्जेन्टिनाको नियन्त्रणमा रह्यो । उरुग्वेका लागि अझै खराब हुन सक्थ्यो । मुसलेराले अन्त्यतिर एन्जेल डि मारिया र मेसीको प्रहारलाई रोकेका थिए ।
नेयमरले ब्राजिललाई जिताउन सकेनन्
नेयमरको पुनरागमन ब्राजिलका लागि प्रेरणादायी रहेन । घरेलु टिम कोलम्बियाले विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जितको यात्रालाई बाराक्विलामा पूर्णविराम लगाइदियो ।
‘द सेलेकाओ’ ले छनोटमा सुरुका नौ खेल जितेको थियो । त्यसमा २२ गोल गर्दै शीर्षस्थानमा रहेको उसले आठ अंकको अग्रता लिएको थियो । प्रशिक्षक टिटेको टिम अझै पनि अर्को वर्ष कतारमा हुने विश्वकपमा लगभग छनोट भइसकेको अवस्थामै छ । उसले पाँचौं स्थानमा रहेको कोलम्बियाविरुद्ध १३ अंकको अग्रता लिएको छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टिमले सीधै विश्वकपमा प्रवेश पाउनेछन् ।
‘टिमको नेतृत्वका रूपमा नेयमरले राम्रो गरे,’ प्रशिक्षक टिटेले भने, ‘उनलाई कोलम्बियाको तर्फबाट राम्रो निगरानी गरिएको थियो । कोलम्बियामा अरू टिमको तुलनामा बढी नै प्राविधिक क्षमता रहेको छ ।’
ब्राजिलले राम्रो सुरुआत गरेको थियो । उसले पहिला क्वाटरमा वर्चस्व जमाएको थियो । कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले नेयमर र ल्युकास पाक्वेटाको प्रहारलाई रोकेका थिए । नेयमरको पासमा पाक्वेटाले ‘वान अन वान’ मा प्रहार गरेको बल ओस्पिनाले डाइभ गर्दै मुस्किलले बाहिर फालेका थिए । ब्राजिली आक्रमणको केन्द्रमा अधिकांश समय नेयमर नै थिए ।
दोस्रो हाफमा कोलम्बिया साहसी देखियो । ब्राजिली गोलकिपर एलिसन बेकरले म्याटियस युरिबे र जुआन क्विन्तेरोको प्रहारमा राम्रो बचाउ गरे । राडामेल फाल्काओले खेल सकिन २० मिनेटअघि बललाई पोस्टको दिशा दिएका थिए । तर मिलिताओलाई फल गरेको भन्दै त्यसलाई गोलको मान्यता दिइएन । वैकल्पिक एनटोनीको आकर्षक पासमा राफिन्हा निर्णायक गोलको नजिक पुगेका थिए । जसमा ओस्पिनाले ‘प्वाइन्ट ब्ल्यांक’ बाट उत्कृष्ट बचाउ गरिदिए ।
अंक तालिकामा पुछारमा दुई टिमका लागि दिन राम्रो रह्यो । बोलिभियाले पेरुलाई १–० ले हरायो भने भेनेजुएलाले इक्वेडरलाई २–१ ले पन्छायो । रामिरो भाकाले खेल सकिन आठ मिनेटअघि गरेको गोलमा बोलिभियाले जित हात पारेको हो । बोलिभियाका वैकल्पिक हेनरी भाकाले रातो कार्ड बेहोर्दै ७५ औं मिनेटमा मैदान छाडे पनि त्यसले तीन अंक जोड्न बाधा पारेन ।
डार्विन माचिस र एडुआर्ड बेलोको गोलमा भेनेजुएलाले दुर्लभ जित निकालेको हो । खेलमा अग्रता भने इक्वेडरले लिएको थियो । जसमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गरेका थिए । इंग्ल्यान्डमा जन्मिएका बेन ब्रेरेटन र माउरिसियो इस्लाको गोलमा चिलीले पाराग्वेमाथि २–० को जित रच्यो । यसमा चिलीका चार्ल्स आरंग्वेज र पाराग्वेका ओमार एल्डिएरेटले रातो कार्ड पाए ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला