
१विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
२प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
३न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
४सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
५डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
६सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
७चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
१०‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा । मस्तिष्कघात भएर उपचारपछि पोखरा फर्किएका मेयर मानबहादुर जिसी सोमबार कार्यालय पुगेका छन् ।
गत साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराइरहेका उनी शनिबार पोखरा फर्किएका थिए । सोमबार कार्यालय पुगेका मेयर जिसीले कार्यकक्ष पुगेर दसैंको शुभकामना बाँडेका छन् भने कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर मञ्जुदेवी गुरुङलाई दिएका छन् ।
जिसी अझै पूर्ण रुपमा निको भइसकेका छैनन् । जिसीले आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा उपप्रमुख गुरुङलाई जिम्मेवारी दिएका हुन् ।
मेयर बिरामी भएको र उपमेयरलाई कार्यवाहक जिम्मेवारी नदिँदा बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा समस्या परेको थियो । करिब १ घण्टा कार्यालयमा रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरे ।
आफू पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने जिसीको विश्वास थियो । महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुखहरुले स्वागत गरेका थिए ।
मेयर जिसीले कार्यालय पुगेर दशैंको शुभकामना बाँड्दै कोरोना महामारीबाट सचेत रहन आग्रह गरे । कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन उनको आग्रह थियो । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’
उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन पनि आग्रह गरे ।