
१विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
२प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
३न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
४सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
५डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
६सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
७चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
१०‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काभ्रेपलाञ्चोक । सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।
उक्त कार्यक्रमका लागि नगरप्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरे । यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुनेछ’, नगर प्रमुख ब्याञ्जूले भने ।
वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए । उनले भने, ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ ।’ उनका अनुसार यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ ।
सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने ब्याञ्जूले जानकारी दिए । उनका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्याउनेछ ।
कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणमा नगरद्वारा स्वच्छ ऊर्जा प्रवद्र्धन र विद्युतीय सामग्रीको प्रयोग गरी कार्बन उत्सर्जनलाई शून्य बनाउने उद्देश्यले नगरको छ नम्बर वडास्थित खड्गी, कपाली र दलित समुदायका परिवारलाई प्रोत्सहानस्वरुप इन्डक्सन चुलो वितरण गरिएको छ । यसबाट नसर्ने रोग तथा दमलगायत निमोनियाँ, रोग नियन्त्रण तथा स्वाशप्रश्वाससम्बन्धी रोग नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचाैं नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको छ । जसले स्वस्थ सहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलससमेत सूचीकृत छन् ।
धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगरप्रमुख ब्याञ्जूले बताए ।
‘धुलिखेल संसारका ठूला र सफा सहरको सूचीकृत हनु गौरवको विषय हो,’ उनले भने । उनका अनुसार जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताकासाथ अघि बढाइएको थियो ।
नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचांै नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउदा दिनमा नगरद्वारा जिवाश्म इन्धन अप्रसारसन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।