
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् ।
‘‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भनिन ‘‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ ।’’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उनका अरु कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन् ।
नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैंकमा पठाइएको भएपनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पु¥याउँदै होला’’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भने । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको छ ।
दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीनै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।
बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भत्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका जेष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।
बागलुङको काठेखोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भएपनि दशैं अघिनै सबैले भत्ता पाउनेगरी यही असोज १५ मा नै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिए। बैंक तथा बित्तिय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुइ दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैंक बताउँछन् ।