
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
काठमाडाैं । मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो ।
पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले हिजोदेखि पर्सामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइएको छ ।
असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । शनिबार अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ ।
प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् ।
प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको आरोप लगाए । मधेस आन्दोलनको उद्दगमस्थल र आन्दोलनको आँधीबेहेरी ल्याउने स्थानलाई नजर अन्दाज गरेको आरोप लगाउँदै यादवले फोरम नेपालको स्थापनादेखि बलिदान र योगदान दिँदै आएको वीरगञ्ज फेरि ठगिएको आरोप लगाए ।
उनले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टीका शीर्ष नेतृत्वले भोग्नुपर्छ ।’ यता, सर्लाहीबाट चुनाव जितेका प्रमोद साह पनि अगामी कदमबारे आफु निकट नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरिरहेका छन् ।
जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो । राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको सूची पठाउने क्रममा उनको नाम हटाएर महेन्द्रराय यादवको नाम समावेश गरिएको थियो । आफ्नो नाम हटाएपछि आक्रोशित भएका साहले जसपाको नेतृत्व पंक्तिप्रति गम्भीर प्रश्न उठाएका छन् ।
उनले नेतृत्वले पार्टीमा गरेको योगदानको कदर नगरेको अनुभूति आफूलाई भएको बताए । पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकारवाद र दमन शोषणको नमूना रहेको उनको आरोप छ ।
उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रीमण्डलमा समावेश हुनेहरूको नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’
मन्त्रिपरिषद विस्तारपछि जसपामा असन्तुष्टहरु गोलबन्द हुँदै गएको सो पार्टीका एक नेताले बताए । उनले भने, ‘यसपटक पनि पार्टीभित्रको असन्तुष्टि उपेन्द्र यादवको नियन्त्रणभन्दा बाहिर छ ।’
उनका अनुसार उपेन्द्र यादवलाई कुनै शक्तिले साथ नदिए यसपटक पनि पार्टी बचाउन मुस्किल हुनेछ । सबैभन्दा बढी असन्तुष्टि महन्थ ठाकुर पक्ष छाडेर आएका नेताहरुमा देखिन्छ । महन्थ ठाकुर पक्ष छाडेर आएका अधिकांश नेताहरुलाई मन्त्री पदको प्रलोभन दिइएको थियो । त्यसमध्ये महेन्द्रराय यादवलाई मात्र मन्त्री बनाइएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग