
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उनले मन्त्री हुनेहरूको नाम मागेका छन्। आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको दाबी छ।
बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। माओवादीबाहेक दलहरूले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने अधिकार सचिवालयलाई दिएको छ भने जसपाले शीर्ष नेतालाई दिएको छ।
स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय एसमाजवादीले पाउने भएको छ। जसमध्ये स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीको चर्चा छ।
कांग्रेसले पनि थप चार जना मन्त्री थप गर्दैछ। सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एकेक मन्त्रीको नाम दिन आग्रह गरेका छन् भने देउवाले आफूनिकट एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।
तर वरिष्ठ नेता पौडेलले मन्त्री हुनेको नाम दिइसकेका छैनन्। पौडेलको तर्फबाट दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीमध्ये एक जना मन्त्री हुने सम्भावना छ। महामन्त्री कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजालको नाम मन्त्रीका लागि सिफारिस गरेका थिए।
रिजाल मन्त्री हुने सम्भावना रहेको स्रोतको भनाइ छ। साथै पूर्वमहामन्त्री सिटौला पक्षले भने उमाकान्त चौधरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। सभापति देउवाले भने सचेतकसमेत रहेकी नेता पुष्पा भुसाललाई मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ।
कांग्रेसले रक्षा मन्त्रालय आफैँसँग राखेकोले भुसाल रक्षा मन्त्री हुने सम्भावना छ। देउवाले यसअघि आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाइसकेका छन्।
साथै उनले उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पनि बनाएका थिए। नेकपा माओवादी केन्द्रले भने मन्त्री छानिसकेको छ। माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गत बुधबार नै गरेको थियो।
माओवादीले एक राज्यमन्त्रीमा भने बोधमाया यादवलाई पठाउने भएको छ। माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थमन्त्री र पम्फा भुसाललाई ऊर्जामन्त्रीमा पठाइसकेको थियो। जसपाले भने मन्त्री टुंग्याउन बाँकी छ।
गठबन्धनबाट कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। यसबीचमा उनले ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएर अरू मन्त्रालय आफैँसँग राखेका थिए।