
१आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
३सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
४निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
५‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
६कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
७स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
८१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
९प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
१०गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
११जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
१२गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
९नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
१२धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग उनले मन्त्री हुनेहरूको नाम मागेका छन्। आज बिहान दलहरूबाट मन्त्री हुनेहरूको नाम आएपछि मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेको स्रोतको दाबी छ।
बिहीबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबन्डामा सहमति जुटेको थियो। माओवादीबाहेक दलहरूले मन्त्री छान्न आन्तरिक गृहकार्य गरिरहेका छन्। नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने अधिकार सचिवालयलाई दिएको छ भने जसपाले शीर्ष नेतालाई दिएको छ।
स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय एसमाजवादीले पाउने भएको छ। जसमध्ये स्वास्थ्य मन्त्रीमा रामकुमारी झाँक्रीको चर्चा छ।
कांग्रेसले पनि थप चार जना मन्त्री थप गर्दैछ। सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एकेक मन्त्रीको नाम दिन आग्रह गरेका छन् भने देउवाले आफूनिकट एक जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।
तर वरिष्ठ नेता पौडेलले मन्त्री हुनेको नाम दिइसकेका छैनन्। पौडेलको तर्फबाट दिलेन्द्रप्रसाद बडु र तेजुलाल चौधरीमध्ये एक जना मन्त्री हुने सम्भावना छ। महामन्त्री कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजालको नाम मन्त्रीका लागि सिफारिस गरेका थिए।
रिजाल मन्त्री हुने सम्भावना रहेको स्रोतको भनाइ छ। साथै पूर्वमहामन्त्री सिटौला पक्षले भने उमाकान्त चौधरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। सभापति देउवाले भने सचेतकसमेत रहेकी नेता पुष्पा भुसाललाई मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ।
कांग्रेसले रक्षा मन्त्रालय आफैँसँग राखेकोले भुसाल रक्षा मन्त्री हुने सम्भावना छ। देउवाले यसअघि आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाइसकेका छन्।
साथै उनले उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पनि बनाएका थिए। नेकपा माओवादी केन्द्रले भने मन्त्री छानिसकेको छ। माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गत बुधबार नै गरेको थियो।
माओवादीले एक राज्यमन्त्रीमा भने बोधमाया यादवलाई पठाउने भएको छ। माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थमन्त्री र पम्फा भुसाललाई ऊर्जामन्त्रीमा पठाइसकेको थियो। जसपाले भने मन्त्री टुंग्याउन बाँकी छ।
गठबन्धनबाट कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। यसबीचमा उनले ५ मन्त्री र एक राज्यमन्त्री मात्रै बनाएर अरू मन्त्रालय आफैँसँग राखेका थिए।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन