
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडाैं । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभाग गठनका लागि पार्टीमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ ।
विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विदेश विभागमा रहनसक्ने नामहरू प्राप्त गरेपछि प्रस्ताव अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई दिएको थियो ।
सोही प्रस्ताव कार्यदलका कुनै सदस्य या स्थायी कमिटी सदस्यमार्फत मिडियामा बाहिरिएको हुनसक्ने माओवादीका नेताहरु बताउँछन् । माओवादीले तयार पारेको सूचीअनुसार यसअघि राजदूत भइसकेका लीलामणि पौडेल, डा महेश मास्के, लक्की शेर्पा समेत समेटिएका छन् ।
पौडेल पछिल्लो समय माओवादीमा खुलेर लागेका छन् । उनले केही साताअघि गुल्मीमा माओवादीका कार्यकर्तालाई खुला रुपमा प्रशिक्षण नै दिएका थिए । उनले माओवादी परिवर्तनको संवाहक रहेको भन्दै उसको एजेन्डालाई स्थापित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
यद्यपी उनले आफू माओवादीमा प्रवेश गरिनसकेको दावी गरेका थिए । यता सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको जानकारी दिए ।
नेता कार्कीका अनुसार आफूहरुको सूचीमा समेटिएकाहरु समितिमा बस्न सकारात्मक रहेकाले प्रायः सबैलाई समेटेर अघि बढिने बताए । सूचीमा नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको तत्कालीन विदेश विभागमा रहेका युवराज चौलागाईं, डा ऋषि अधिकारी, रुपक सापकोटा, युगनाथ लम्साल, प्रा अमन श्रेष्ठ, सुनील पौडेल, प्रदीप परियार, नन्द कुमार थापा, टासी लामा, मातृका पौडेल र प्रमोद जैशवाललाई पनि स्वतः समेटिएको छ ।
यसैगरी राममणि पोखरेल, पदम सुन्दास, महेन्द्र सिंह, जोखबहादुर महरा, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ, ओम शर्मा, विमल अधिकारीलगायतको नाम पनि प्रस्तावमा समेटिएको छ ।
नेता कार्कीका अनुसार छिट्टै यी नामबारे पार्टीमा छलफल गरेर विभागलाई पूर्णता दिइने भन्दै अहिले नै गठन भइसकेको भन्नुको कुनै सत्यता नरहेको स्पष्ट पारे । नेकपा विभाजित भइसकेपछि माओवादी केन्द्रले पार्टीलाई चलायमान बनाउन धमाधम केन्द्रीय निकाय र विभागहरु गठन गरिरहेको छ ।
माओवादीले गत भदौमै केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो ।
यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको थियो । पार्टीका सबै अंगलाई सशक्त बनाएर पार्टीलाई पहिले जस्तै बलियो अवस्थामा फर्काउने अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव