
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
नारायण न्यौपाने
काठमाडौँ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो ।
अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहे पनि भविष्यमा यसलाई अनुसन्धान केन्दका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिनुभयो । मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ ।
सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ । मुलुभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरणसम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले केन्द्रबाट अध्ययन र अनुसन्धान गर्न चाहनेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्ता इच्छुकले दिएको निवेदन तहगतरुपमा स्वीकृति भएपछि अध्ययनअनुसन्धानका लागि उक्त निर्देशनालयले सहजीकरण गर्ने छ । केन्द्रमा राष्ट्रनिर्माता र एकीकरणबारे हालसम्मप्राप्त सम्पूर्ण सामग्री राखिएको बताइएको छ । केन्द्रको मुख्य प्रवेशद्वारले गोरखा दरबारको झझल्को दिनेछ भने मूलद्वारबाहिर पाटन र भक्तपुर दरबार सङ्ग्रहालयका ठूला तस्वीर प्रदर्शित छ ।
के छ त केन्द्रमा
केन्द्रमा प्रवेश गर्नासाथ पूर्णकदको पृथ्वीनारायण शाहको चित्राकृति देखिन्छ । उक्त आकृतिसँगै एकीकरणको अभियानसँग जोडिएको किंवदन्तीअनुरुप त्यसबेलामा सम्पर्क रहेका गोरखनाथको आकृति र शाहवंशीय वंशवृक्ष राखिएको छ । केन्द्रमा कपडामा लेखिएको ५२ हातको हस्तलिखित जन्मकुण्डली(राष्ट्रनिर्माता)को छविचित्र प्रस्तुत गरिएको छ ।
पृथ्वीनारायणको राजगद्दीसँग मिल्ने गरी तत्कालीन सिंहासन राखिएको छ । युद्धमा जानुपूर्व त्यस बेलाका पण्डितद्वारा दिन र समय तोकेर निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तक पनि अनुसन्धानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुनेछ । एकीकरणका नायक पृथ्वीनारायणले छिमेकी र छिमेकी राजाले उहाँलाई लेखेका करीब २०० चिट्ठीको संँगालो पनि इतिहास जान्न चाहनेका लागि निकै महत्वपूर्ण खुराक हुने छ । तत्कालीन दिल्लीका बादशाहले पृथ्वीनारायणलाई उपाधि प्रदान गरिएको उर्दू भाषामा लेखिएको चिठी पनि ऐतिहासिक दस्तावेजका रुपमा रहेको छ ।
पृथ्वीनारायणको दिव्योपदेशलाई श्रव्यमा ढालिएको तथा उहाँको जीवनी समेटिएको वृत्तचित्र पनि त्यहाँ समेटिएको छ । केन्द्रमा पृथ्वीनारायणकालीन हातहतियार, गुप्त लौरो, भाँडाबर्तन र सैनिक पोशाक पनि अध्ययनकर्ताको जानकारीका लागि राखिएको छ ।
एकीकरण मार्ग पदयात्रा किन
सो अवसरमा सेनाले सञ्चालन गर्दै आएको एकीकरण मार्ग पदयात्रा संयोजन गर्दै आउनुभएका प्रमुख सेनानी अजय गुरुङले सविधानअनुरुप राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उक्त मार्गमा पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक र समृद्धिमा ठूलो योगदान पुग्ने विश्सास लिइएको छ । उहाँले भन्नुभयो, “२०७५ सालदेखि एकीकरण मार्ग पदयात्राको अवधारणा शुरु भएको हो । सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको एकीकृत कार्यक्रम भएकाले व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्य छ । यसमा प्रदेश सरकार, स्थानीय तह र सेनाको तलसम्मका एकाइलाई समेटेर एकीकृत अवधारणामा सञ्चालन गर्ने काम भइरहेको छ ।”
ऐतिहासिक गढी, किल्ला, यृद्धस्थल एवं पदमार्गको खोज, अनुसन्धान गरी इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक तथ्यमा आधारित लडाइँसँग सम्बन्धित स्थानमा युद्ध सङ्ग्रहालय स्थापना गरी भावी पुस्तालाई जानकारी गराउने पदयात्रा कार्यक्रमको लक्ष्य छ । सेनाले प्रत्येक प्रदेशमा एकता बाटिका स्थापनाको काम अघि बढाइसकेको छ । एकीकरण स्मृति उद्यानबाट आधुनिक नेपाल निर्माणमा सबै भूगोल र जातजातिको उत्तिकै योगदान छ भन्ने सन्देश प्रवाह गर्नेछ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर