News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

गुरुङ बाघको छाला र हड्डीसहित पक्राउ

'प्रहरीले ग्राहक बनेर बाघको छाला तथा हड्डी किन्ने वाहनामा गुरुङलाई पक्राउ गर्न सफल भएको हो'

लमजुङ । बाघ मारेर छाला तथा हड्डीको तस्करी गर्दै आईरहेको विशेष सूचना पाएपछि ग्राहक बनेर प्रहरीको टोलीले मनराज गुरुङलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले दोर्दी गाउँपालिका वडा नं. ६ सिमी बस्ने वर्ष ३४ का गुरुङलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

हिजो राती ९ बजेको समयमा गुरुङलाई प्रहरीले ग्राहक बनेर पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङलाई थप कारवाही र अनुसन्धानका लागि डिभिजन बन कार्यालय लमजुङमा पठाईएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया