News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नयाँ सरकार निर्माणको लागि छलफल जारी

'नयाँ सरकार गठनका विषयमा जसपा र माओवादी केन्द्रका शीर्षस्थ नेताहरु पेरिसडाँडामा'

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच छलफल भईरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा संसदमा ३४ सिट भएको जसपा निर्णायक शक्ति बन्न पुगेको हो ।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा दुई पार्टीका नेताहरुबीच छलफल चलिरहेको छ । छलफल पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकार निर्माणको विषयमा केन्द्रित रहेको छ ।

छलफलमा जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुषाललगायत नेताहरु सहभागी छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि जसपा र केन्द्र बिच छलफल सुरु भएको हो ।

प्रतिक्रिया