
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्त एआइजी हरि पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।
बरामद भएको युरेनियमको मूल्य करिब ५/६ अर्ब रहेको महानगरीय प्रहरी आयुक्त एआइजी पालले जानकारी दिनुभयो । प्रहरीले आफैं कारोबारी बनेर ती व्यक्तिहरुसँग डेढ अर्बमा युरेनियम किन्ने डिल गरेको थियो ।
डिल गरेपछि उनीहरुबाट प्रहरीले नमूना लिई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाएर परिक्षण गर्दा प्रशोधन नगरिएको युरेनियम भएको पुष्टि भएको थियो । प्रहरीले विशेष सूचनाको आधारमा बौद्धस्थित एक पुरानो घरमा राखेको अवस्थामा युरेनियम भेटेको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको छ । यसरी पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
बरामद गरिएको वस्तु परिक्षण गर्दा प्रशोधन नगरिएको युरेनियम भएको पुष्टि भएको एआईजी पालले बताउनुभयो । प्रहरीका अनुसार युरेनियम दुईप्रकारको हुने र त्यस मध्ये यो प्रशोधन नगरिएको (काँचो) भन्ने रहेको छ । युरेनियमसहित पक्राउ गरिएको चारजनालाई प्रहरीले पाँच दिनको म्याद थपेर विस्फोटक पदार्थसम्बन्धी ऐन अनुसार कारवाही अगाडि बढाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति