News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रतिबन्धित नेकपासँग वार्ताका लागि टोली गठन

'गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य'

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको टोलीमा प्रधानमन्त्री खड्गप्रसाद ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ताका लागि टोली गठन गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा रहेको जानकारी दिए । उनले हतियार मुद्दा लगायतका विषय वार्ताबाटै टुंगो लगाईने पनि बताए ।

डनन्यूज ट्रेन्डिङ