
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताउनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उहाँले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताउनुभएको हो ।
सर्वाेच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गर्नुभयो । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उहाँको भनाइ थियो ।
आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उहाँले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्न शुरु भइसकेको र कतै प्रक्रियामा रहेको जनाउनुभयो ।
उहाँले पूर्व–पश्चिम जोड्ने चारवटा राजमार्ग तीव्रताका साथ निर्माण भइरहेको बताउँदै भन्नुभयो, “हामीले पूर्वपश्चिम नै जोड्ने रेलमार्ग निर्माण अघि बढाइरहेका छौँ ।”
आगामी आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र सन् २०२२ सम्ममा देशलाई विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने लक्ष्य लिइएको उहाँले उल्लेख गर्नुभयो । विभिन्न कृषिजन्य उत्पादनको उत्पादकत्व बढिरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “माछा, मासु, तरकारी र दूधको उत्पादन बढिरहेको छ ।”
नेपाल खाद्यबालीमा आत्मनिर्भर भए पनि सौखिन खानाका कारण आयात भइरहेको उहाँले बताउनुभयो । ताजा चामल खान छाडेर मेसिनले बनाएको लामो सिता चामल खाने बानीका कारणले विदेशबाट चामल आयात गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो । ग्रामीण भेगमा पहिलो वर्षको अन्न बीउका लागि र दोस्रो वर्षको अन्न खाने र त्योभन्दा पहिलेको अन्न पौष्टिक तत्व कम भएको भन्दै नखाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तर अहिले मेसिनले लामो सिता बनाएपछि पाँच वर्ष पुरानो अन्न पनि खाइएको छ ।”
माटोको अवस्थाबारे तयार पारिएको डिजिटल नक्साका कारण किसानले आफ्नो माटोको अवस्थाका बारेमा बुझेर समस्या भएमा समाधानका उपायका विषयमा विज्ञसँग सल्लाह लिनसक्ने उहाँले बताउनुभयो । कृषिमा उपकरणको प्रयोग बढाएर जनशक्ति घटाउनुपर्नेमा उहाँको जोड छ । अहिले कृषिमा जति जनशक्ति क्रियाशील छ त्यो जनशक्ति अन्यत्र लगाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदा मात्रै लागत कम गरेर उत्पादन बढाउन सकिन्छ ।”
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सिङ्गो देशको नै माटोको अवस्थाको नक्सा प्रकाशित गर्ने नेपाल दक्षिण एशियाको पहिलो देश हुनु हामी सबैका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो । अरु देशले सीमित क्षेत्रको मात्रै यस्तो नक्सा प्रकाशित गरेकामा नेपालले देशभरको नक्सा प्रकाशित गरेको उहाँको भनाइ छ ।
विगतमा कृषिमा काम गर्नेलाई हेयका दृष्टिले हेर्ने गरेको भए पनि अहिले बिस्तारै त्यसमा परिवर्तन आइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो तीन वर्षमा यो क्षेत्रमा धेरै कुरा बदलिरहेको छ ।”