
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१ टुँडिखेलका एक शिक्षक आफ्नै छात्रामाथि जबरजस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिने क्रममा शिक्षक शिरिषकुमार वस्ताकोटीले जबरजस्ती करणीको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले दिएको जाहेरी अनुसार अमर्यादितरुपमा परीक्षा सञ्चालन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालयका प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी र निरीक्षक शिरिषकुमार वस्ताकोटीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान कैं क्रममा अमर्यादित रुपमा सञ्चालित परीक्षामा सहभागी एक छात्रालाई समेत थुनामा राखी अनुसन्धान गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जाहेरी अनुसार कास्की जिल्ला अदालतले थुनछेक आदेश जारी गरेको थियो । जसमा प्रधानाध्यापक सूर्य तिवारी ५० हजार रुपैयाँ र सहकेन्द्राध्यक्ष घनश्याम रेग्मीले एकलाख ५० हजार रुपैयाँ धरौंटी राखेर थुनामुक्त भएका थिए । होटलमा लगेर परीक्षा लिने शिक्षक तथा परीक्षा निरीक्षक शिरिषकुमार वस्ताकोटीलाई अदालतले एकलाख ५० हजार रुपैयाँ धरौंटी माग गरेको थियो । त्यसैगरी परीक्षामा संलग्न छात्राले पनि ५० हजार रुपैयाँ धरौंटी राखेर थुनामुक्त भएकी छिन् । अन्य तीनजना धरौंटीमा रिहा भए पनि जबरजस्ती करणी उद्योग मुद्दामा शिक्षक वस्ताकोटी भने कारागार चलान भएका छन् ।
गत मंसिर १२ गते कक्षा ११ की ती छात्राले अंग्रेजी र शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षा रुपा गाउँपालिका वडा नं. ६ स्थित केसी रेष्टुरेण्टमा लगी रुममा बसेर साँझ अबेरसम्म दिएकी थिईन् । शिक्षक शिरिष कुमार बस्ताकोटीले ती छात्रालाई होटलको एक कोठामा राखेर आफूले रक्सी र मासु खाँदै परीक्षा लिएको आफैंले विभिन्न सञ्चारमाध्यमहरुमा स्वीकार गरेका थिए । यस घटनामा प्रहरीले अनुसन्धान गर्दै जाँदा ती शिक्षकले छात्रामाथि बलात्कारको प्रयास गरेको पुष्टि भएको थियो । सोही अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित छात्राको उजुरीमा शिक्षक वस्ताकोटीलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरीले नेपाल सरकार वादी र र प्रधानाध्यापक सूर्य तिवारी, सहकेन्द्राध्यक्ष घनश्याम रेग्मी, शिक्षक शिरिषकुमार वस्ताकोटी र एक छात्रासमेत प्रतिवादी रहेको अमर्यादितरुपमा परीक्षा सञ्चालनसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट माघ २९ गते थुनछेक आदेश भएको थियो ।
थुनछेक आदेशमा परीक्षाको केन्द्राध्यक्ष सूर्य तिवारी तथा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी रहेको र परीक्षा सम्बन्धी सम्पूर्ण व्यवस्थापकीय जिम्मा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षको रहने प्रष्ट उल्लेख छ ।
यस घटनामा सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीको योजना मुताबिक शिक्षक शिरिषकुमार वस्ताकोटीले ती छात्रालाई रुपा गाउँपालिका वडा नं. ६ स्थित केसी रेष्टुरेण्टमा लगी परीक्षा लिएको बयान अदालतमा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद दवाडी, सदस्य महेश्वर पोखरेल तथा घटनाविवरण कागजसमेतका मिसिल संलग्न हालसम्म प्राप्त सम्पूर्ण कागज प्रमाणहरुको आधारमा सम्पूर्ण प्रतिवादीहरु हालैको अवस्थामा निर्दोष रहेछन् भन्न सकिने अवस्था नदेखिँदा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को अवस्था विद्यमान देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई नगद धरौंटी, बैंक ग्यारेण्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए तारेखमा राख्नु र दिन नसके कानुन बमोजिमको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाउनु भनी अदालतले आदेश दिएको थियो ।