
१सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
२आजदेखि एसईई परीक्षा सुरु
३एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
४इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
५डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
६ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
७व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१०सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
११नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१२अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
हरिबहादुर रावत
हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ ।
हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गर्नुभयो ।
अधिकांश उपभोक्ताले चामल किनेर घर पु¥याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताउनुभयो । उहाँले भननुभयो, ‘‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’’ फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् ।
सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पु¥याएको ठेकेदार प्रदीप टमटाले बताउनुभयो । गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गर्नुभयो । “गाडीवालाको लापरबाही हो”, उहाँले भन्नुभयो । कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताउनभुयो । “२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु”, उहाँले भन्नुभयो ।
ठेकेदार टमटाले हतारहतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९०० क्विन्टल चामल पु¥याएका थिए । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्ता ठगिँदै आएका छन् ।
एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३५० पर्ने चामल ठेकेदारले रु दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरीरुपमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुको भनाइ छ । रु एक हजार ३५० पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रु दुई हजार तिरेर आफूले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिनुभयो । आठ बोरा चामल रु १६ हजार तिरेर लिएको सिंहले दुःखेसो गरे ।
गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकाले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुःखेसो गरे । गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको उनले बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव भएको बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैरजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बताउनुभयो ।
शाखामा दुईजना मात्रै कर्मचारी छौँ, डिपोमा कर्मचारी छैन हामीले सबैतिर ध्यान पु¥याउन नसकेको शाखाप्रमुख थापाको भनाइ छ । ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने थापाले बताउनुभयो । “खाद्यान्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । गाउँगाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोटलाई उपभोक्ता ठगिएको बारेमा जानकारी गराउँदा पनि सिमकोट शाखा मौन रहेको रहेको छ । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानीरुपमा चामल पु¥याउन मनपरीरुपमा वितरण गर्ने गरेका छन् ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने