
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
वासुदेव पौडेल
पोखरा। तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास र पिँडालु छिमेकी स्याङ्जा तनहुँ, गोरखा, लम्जुङ, पर्वत, बाग्लुङ आदि जिल्ला पनि पुग्थ्यो ।
समयले कोल्टे फेरेसँगै यहाँका कृषिजन्य उत्पादनमा परिवर्तन आएको छ । मास र पिँडालु छोडेर गोलेभेँडा खेतीमा लागेका यहाँका कृषकले डेढ दशकसम्म पाखामा सुन्तला र पाटनमा गोलभेँडा खेतीबाट राम्रो आम्दानी गरे । यहाँको सुन्तला र गोलभेँडा नेपालका प्रमुख शहर चितवन, काठमाडौँलगायत स्थानमा पुग्यो । छुट्टै पहिचान बनेको गोलभेँडा खेती कम हुन थालेसँगै दशकयता यहाँका कृषक गाईभैँसीपालनसँगै लहरे तरकारी खेतीतर्फ आकर्षित छन् ।
शहरीकरणसँगै मुलुकका अधिकांश स्थानमा कृषिको महत्व बढेको बेला यहाँ पनि व्यावसायिक कृषिका क्रियाकलाप बढिरहेको यहाँका आचार्य गाई फार्म तथा अग्र्यानिक कृषि फार्म सञ्चालक ठाकुरप्रसाद आचार्य बताउनुहुन्छ । यहाँ तीन दशकदेखि व्यावसायिक कृषि कार्य भएको बताउँदै उहाँले यस समयावधिमा भएका खेती एकपछि अर्को गर्दै परिवर्तन भइरहेको बताउनुहुन्छ । व्यावसायिकतासँगै दूध उत्पादनमा अग्रणी बाघमारा अहिले तरकारी खेतीतर्फ लम्किरहेको उहाँले बताउनुभयो । दूधको राम्रो उत्पादन हुने भएसँगै अहिले यो स्थल दूधको केन्द्र बनेको छ ।
बाघमाराबाट २०५० सालमा दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री थालिएपछि सो क्षेत्रमा गाईपाल र कृषिको व्यावसायिकीकरण बढेको कृषक खगेन्द्र अधिकारी बताउनुहुन्छ । त्यस समयदेखि नै दुग्ध व्यवसायलेमा व्यावसायिकता भित्रिएको उहाँको भनाइ छ । उहाँले तत्कालीन समयमा यहाँबाट अधिकतम १६० लिटरसम्म दूध दुग्ध विकास संस्थानलाई दिने गरेको सुनाउनुभयो । शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकामा २०६१ भदौदेखि निजी पन्थी डेरीले दूध सङ्कलन थाल्यो । निजी डेरीको प्रवेशसँगै यहाँ गाईपालनको वातावरण बढेको हो ।
शुरुमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ पछि पुल्चोक दूध सङ्कलन केन्द्रका बन्यो । केही वर्षयता चिरगादीमा पक्की पुल बन्यो । दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेपछि यहाँको दूध बजारमा पु¥याउन सहज भयो । बाघमाराको भगवती चौताराबाट प्रत्येक आधा घण्टामा पुल्चोक पटनेरीबाट भण्डारढिक, तालचोक हुँदै पोखरा जाने लेखनाथका बसका साथै तिक्लाङबाट बरेलीचोक, कालिकास्थान, छुचीको गौंडा, महतगौडा हुँदै पोखरासम्म महानगरका बस सञ्चालन भएपछि कृषि उत्पादन शहर पुग्न सहज भयो । कृषिउत्पादन घरबाटै बिक्री हुन थालेपछि यसको व्यावसायिकतामा योगदान पुगेको कृषकको भनाइ छ ।
बाघमाराको दूधको बजारमा बढ्दो मागसाथै अहिले स्थानीय युवा यसतर्फ आकर्षित भएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामी बताउनुहुन्छ । “दूध उत्पादनप्रतिको आकर्षणले तीनताका यसको विकास गर्न संस्थागत प्रयास आवश्यक छ भन्ने सोचले २०६३ सालमा सहकारी स्थापना गरियो”, उहाँले भन्नुभयो । हाल भरतपोखरीबाट दैनिक पाँच हजार ५०० लिटर बढी दूध बजारमा पठाउने उहाँको भनाइ छ ।
व्यावसायिक कृषिमा आकर्षण बढे पनि कृषकले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउन नसकेको कृषि फार्मका सञ्चालक आचार्यको भनाइ छ । कोरोनाको महामारीसँगै आफू जस्ता धेरै व्यवसायी कृषक मारमा परे । आचार्यले महामारीले गाईवस्तुलाई खाद्यान्न अभाव, महँगो ढुवानीलगायत कारणले रु २० लाख क्षति व्यहोर्नुपरेको बताउनुभयो । “कोरोनाको प्रभाव र यस बर्सातको बाढीले नोक्सानी थपियो”, उहाँले भन्नुभयो, “फार्ममा बाढी पस्दा पाँच लाखको नोक्सानी भयो, राज्यबाट कृषकले राहत पाउनुपर्ने भए पनि पाइएन ।” बाघमारामा आठ दूध सङ्कलन केन्द्र छन् । स्थानीय सक्रियतामा गठित बृहत्तर गाईपालन समितिमा ५०० सदस्य छन् । अन्य पेशामा आबद्ध युवा वैकल्पिकरुपमा व्यावसायिक कृषिलाई जोड दिँदै आएका छन् । तरकारी खेती, बङ्गुरपालन, कुखरापालन, बाख्रापालन आदिले पनि व्यावसायिक रुप लिँदै गएको छ ।
समयको परिवर्तनसँगै विगतमा उब्जाउन हुने गरेका खेती विस्थापित बन्दै जाने र नयाँ नयाँ खेती शुरु हुने क्रम बढेको छ । पछिल्ला केही दशकको अन्तरालमा बाघमाराको पाखामा लटरम्म फल्ने सुन्तला अहिले पूर्णरुपमा विस्थापन भइसकेको छ ।