
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
प्रकाश सिलवाल
काठमाडौँ । राजनीतिक विरोधका क्रममा लगाइने उच्छृङ्खल नारा, प्रदर्शन र बोलीवचन लोकतान्त्रिक राज्यमा पटक्कै नसुहाउने देखिएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा अन्धभक्ति वा अन्धविरोधको संस्कृति अन्त्य हुन नसकेका कारण बेलाबखत अमर्यादित नारा र आवाज प्रस्तुत भएका पाइन्छन् । त्यस्ता शब्द वा नारा जिम्मेवार सञ्चारमाध्यमबाट पनि प्रकाशन तथा प्रसारण हुनाले जिम्मेवारी बोधको अभाव खड्किएको पाइन्छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध र नयाँ राजनीतिक घटनाक्रमका कारण भइरहेका प्रदर्शन र कार्यक्रमका क्रममा दुवै पक्षबाट एकार्कालाई तल्लोस्तरको आरोप लगाउनु त सामान्य भएको छ भने सडकमा अवाञ्छित र मर्यादित नारा पनि सुन्नुपरेको छ । एकले अर्काको सम्मान र मर्यादा गरेर पनि तार्किकरुपमा आफ्ना विरोध र मतलाई अभिव्यक्त गर्न सकिने संवैधानिक हक र सामाजिक आचरणलाई बेवास्ता गरी उद्दण्ड र स्तरहीन नाराले सामाजिक र व्यक्तिगत सम्बन्धमा समेत बाधा पुग्न सक्ने देखिन्छ । विगतमा कम्युनिष्टहरु मिल्दा सहजै मिल्न सक्ने र फुट्दा निन्दाका शब्द निकाल्न अग्रसर हुँदै आएकामा पछिल्लो समयका व्यवहारले पनि त्यस्तो प्रवृत्तिमा सुधार आएको देखिएको छैन । ‘सुन्नै नसकिने’ उही शब्द वा कथित नाराको बारम्बार पुनरावृत्ति हुनाले राजनीतिक नेतृत्वले त्यसलाई किन रोक्न सकेन भन्ने प्रश्न पनि उठ्न सक्छ । शब्दहरुको प्रयोग गर्दा शीर्ष नेतृत्व स्वयं शालीन वा विनम्र हुनुपर्ने आवाज पनि नागरिक तहबाट उठेको छ । कुनै समय आफ्नै संस्थापक नेतामाथि लगाइएको ‘गद्दार’ शब्द फिर्ता लिनुपरेको तथ्य पनि यहाँ स्मरणीय हुन्छ ।
राष्ट्रका सर्वाेच्च संस्था, कार्यकारी प्रमुख, पार्टी अध्यक्षलगायत शीर्ष नेताहरुसमेतलाई लक्ष्य गरी लगाइएका त्यस्ता नारा र आरोपप्रत्यारोपले विरोध र आलोचनाको संस्कृति र शैली कता जाँदैछ भन्ने प्रश्न खडा भएको छ । जिम्मेवार दलका कार्यक्रममा गणतन्त्रविरोधी पक्ष घुसेर स्थितिलाई भड्काउने खेल भइरहेको त होइन भन्ने चिन्ता पनि व्यक्त गरिएको छ । त्यसो त विवादका बेला अति विरोध र आरोपप्रत्यारोपमा उत्रनेहरुलाई भोलिका दिनमा एकता भई सँगै बस्दा ठाउँ रहने गरी प्रस्तुत हुन पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आग्रह अभिव्यक्त हुँदै आएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय संस्कारहीन नाराहरुको पछि लागिरहनु श्रेयष्कर ठान्नुहुन्न । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकूलसचिव उपाध्यायले रासससँग कुरा गर्दै विरोधको अवस्थामा पनि न्यूनतम मानवीय संस्कार र व्यवहार प्रदर्शन गर्नु सबै पक्षका लागि अत्यावश्यक भएको बताउनुभयो । उहाँले आफ्ना असहमतिलाई शिष्ट, शालीन रसभ्य भाषाबाट व्यक्त गर्न सकिने भएकाले तुच्छ गालीगलोज कसैले कसैलाई पनि गर्न नहुने जनाउनुभयो ।
साहित्यकार वासुदेव अधिकारीले लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै समाज लोकतान्त्रिक अभ्यासप्रति जिम्मेवार हुँदै जानुपर्ने र आफ्ना असहमतिलाई मित्रवत्रुपमा प्रस्तुत गर्नुपर्नेमा गालीगलोजमा उत्रनु उचित नभएको प्रतिक्रिया दिनुभयो । ‘शब्द संयोजन’ मासिकका प्रधानसम्पादक अधिकारीले गाली र लाञ्छनाभन्दा वैचारिक कुराहरुका आधारमा विरोध हुनु आवश्यक रहेको जनाउँदै भन्नुभयो, “शीर्ष नेतृत्वहरुबाट पनि सुसंस्कारित अन्तरविरोध सिर्जना गर्नुपर्नेमा त्यस्तो देखिएन । त्यसको असर तल्लो तहका कार्यकर्तामा पनि पर्न गयो । समाजलाई संस्कारयुक्त बनाउने काम नेता र अगुवाहरुकै हो ।”
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री नीरुदेवी पालले महिलामाथि पटकपटक हमला हुने गरेको सन्दर्भ उठाउँदै अमर्यादित नारा लगाउनेहरुलाई आफ्ना पनि दिदीबहिनी र चेलीहरु छन् भन्ने सोच्न आग्रह गर्नुभयो । ‘मानव अधिकारका लागि एकल महिला’का संस्थापक लीली थापाले भन्नुभएको छ, “कुनै पनि महिलाको चरित्र हत्या गरिनु एकदमै निन्दनीय छ ।” राजनीतिक एवं सामाजिक उच्च छवि बनाएका वा अन्य पुरुषहरुलाई पनि नीचो देखाउन दिइने उपमाहरु दिनु पाच्य ठहरिन्न ।
सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारी कुनै विषयमा बढी आलोचना गर्नका लागि समाज तयार हुनु तर समालोचनाका आधारमा हेर्ने दृष्टिकोण विकास नहुनुले यस्तो स्थिति आएको बताउनुहुन्छ । सामाजिक अध्ययन शिक्षक समाजका महासचिव उहाँले यसका लागि विद्यालय तहदेखि नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अनिवार्यता थप पुष्टि भएको तर्क गर्नुभयो । सोही प्रसङ्गमा पत्रकार लोग्सरी कुँवरले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “(यस्ता) गाली बेइज्जती गलत संस्कार र वैचारिक स्खलन हो । यस्तो अभद्र व्यवहारविरुद्ध न्याय खोजौँ ।”
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए