News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रचण्ड र नेपाल सर्वोच्च अदालत जाने तयारीमा

'संविधानविद् र कानुनविद्हरुसँग सो निर्णयका विरुद्धमा अघि बढ्नका लागि छलफल जारी'

काठमाडौं । प्रधानमन्त्री एवम् राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा जाने तयारीका साथ सत्तारुढ दलकै नेताहरुले कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन् । सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संविधानविद् र कानुनविद्हरुसँग सो निर्णयका विरुद्धमा अघि बढ्नका लागि छलफलको आयोजना गर्नुभएको हो ।

सत्तारुढ दलका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुसमेतलाई सहभागी गराई अदालत जाने तयारीमा जुटिरहेका छन् । हिजोमात्र प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु अघि नै प्रचण्ड र नेपाल समूहका ९० सांसदले संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।