
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को अवस्था गम्भिर भएको छ । जिल्ला कारागार कुश्मा पर्वतमा थुनामा रहनु भएका ५८ वर्षीय जनसरकार प्रमुख जगतको समयमा नै अस्पतालमा उपचार नहुँदा अवस्था गम्भिर भएको परिवारले आरोप लगाएका छन् ।
२४ गते उच्च रक्तचापका कारण एक्कासी बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमा नैं टाउकाको अप्रेशन गर्न सकिएको भए स्वास्थ्य धेरै राम्रो हुने जगतका भाइ यमबहादुर पुनको भनाई थियो ।
दाइको अवस्था गम्भिर भएपछि पोखरा आईपुग्नु भएका उनका भाइ यमबहादुरले सञ्चारकर्मीहरुसँग २४ गते राती नै अप्रेशन गनुपर्नेमा जिम्मा लिने मानिस कोही नभएको भन्दै राज्यले बन्दी बनाएर राखेको व्यक्तिलाई अप्रेशन नै नगर्नु चरम लापरवाही र कुनियत भएको आरोप लगाउनुभयो ।
‘थुनुवाको सरुवा भए पो कास्की कारागारमा लैजाने, उच्च रक्तचापले ढलेको विरामीलाई अस्पताल लैजानुको साटो कास्की कारागारतर्फ किन लगियो ?’, भाइ यमबहादुरले प्रश्न गर्दै भन्नुभयो–‘उपचारका नाममा आस्थाका बन्दीहरुमाथि यति निकृष्ट अन्याय गर्न मिल्छ र ?’
बिना अपराध आस्था कैं भरमा पटक–पटक पक्राउ गरिएका जनसरकार प्रमुख जगतलाई प्रहरी प्रशासनले मानसिक र शारीरिक यातना दिएकै कारण यो दुर्घटना भएको भाइ यमबहादुरको भनाई थियो । उहाँले भन्नुभयो–‘स्वस्थ रहेको मेरो दाजुलाई झुठो आरोपमा पक्राउ गर्दै पटक–पटक शारीरिक र मानसिक यातना दिएर आज उपचार समेत नगरी राज्यले मृत्युको मुखमा धकेलेको छ ।’
आमा गुमाएको दुई महिना पनि नबित्दै बुबाको यस्तो गम्भिर अवस्था भएपछि आत्तिएका छोराहरु यतिबेला बाबुको उपचारका लागि पोखरामा हारगुहार गरिरहेका छन् । ‘४७ वर्षीय आमालाई गुमाएको दुई महिना पनि पुगेको छैन आज बुबाको पनि अवस्था यस्तो भयो’, जेठा छोरा हिमालले भन्नुभयो–‘समयमा नै बुबाको अवस्थाको बारेमा हामीलाई भनिदिएको भए अप्रेशन गर्न पोखरामा रहेका आफन्तजनलाई पठाउने थियौं । तर प्रहरी प्रशासन जिम्मेवार देखिएन ।’
म्याग्दी साविक मालिका गाविस वडा नं. ९ हाल मालिका गाउँपालिका वडा नं. ३ अरिवाराका स्थायीवासिन्दा जनसरकार प्रमुख जगतलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । जनयुद्धका क्रममा संकटकालको समयमा उहाँलाई सेनाले बषौंसम्म वेपत्ता बनाएको थियो । राजनीतिमा नै समर्पित जनसरकार प्रमुख जगत माओवादी, वैद्य हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएर काम गर्दै आईरहनुु भएको साँहिला छोरा विनोदले जानकारी दिनुभयो ।
गत २४ गते दिउँसो साढे दुईबजे एक्कासी उच्च रक्तचापका कारण बेहोश हुनुभएका जगतलाई कुश्मा अस्पतालमा उपचारका लागि लगिएको कारगार प्रशासनले जानकारी दिएको छ । कारागार कार्यालय, कुश्मा पर्वतका प्रमुख शिला श्रेष्ठले थुनुवा गजेन्द्र पुन ढल्ने वित्तिकै तत्कालै नजिकैको कुश्मा अस्पतालमा लगिएको जानकारी दिनुभयो । कारागार प्रमुख श्रेष्ठले भन्नुभयो–‘कुश्मा अस्पतालले तुरुन्तै पोखरा पठाउनु पर्छ भनेपछि विभाग र कास्की कारागारसँग समन्वय गरेर एम्बुलेन्समा पठाएका हौं ।’
उपचारमा लापरवाही गरेको परिवारजनको आरोपको खण्डन गर्दै कारागार प्रमुख श्रेष्ठले पुनलाई उपचारका लागि पोखरामा लैजानु पर्ने भएपछि उनका छोरालाई फोन गरेरै बुबा ढल्नुभयो, बोल्न सक्ने अवस्था छैन थप उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजादैं छौं भनेर जानकारी गराएको बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक प्रा.डा. अर्जुन आचार्यले जनसरकार प्रमुख जगतको उपचार भईरहेको तर स्वास्थ्य अवस्था गम्भिर भएको बताउनुभयो । उपचारमा लापरवाही गरिएको छ भन्ने परिवारजनको आरोपका विषयमा निर्देशक आचार्यले अस्पतालबाट कुनै पनि लापरवाही नभएको दावी गर्नुभयो ।
जनसरकार प्रमुख जगतको उपचार गरिरहनु भएका डा.पुष्पराज कोइरालाले भन्नुभयो–‘विरामीको अवस्था गम्भिर देख्ने वित्तिकै हामीले अप्रेशन गर्नुपर्छ भनेको थियौं । तर विरामीका आफन्त र कुरुवाहरु ढिला आउनाले तत्कालै विरामीको अप्रेशन गर्न सकिएन । त्यसैले अवस्था झन्–झन् नाजुक हुँदै गयो ।’
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ