
१उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
२रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
३कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
४लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
५कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
६आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
७पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
८एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
पोखरा । कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ । तत्कालीन जिविसमार्फत शुरु भई हाल प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयन गरिएको सो पुल निर्माणपछि मादी गाउँपालिकाको उत्तरी भेगका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
सो मोटरेबल पुलको सोमबार सांसद खगराज अधिकारीले कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । बर्खायाममा मादी नदी बढेपछि यातायात सम्पर्कबाट विमुख हुने मादीपारिका पर्यटकीय गाउँ ताङतिङ, घ्यामराङ, रोही, सेतीखोला, याङ्जाकोट, स्यारचोक, कुस्कुडाँडा, हरिस्वाराँ लगायतका गाउँका नागरिक पुल बनेसँगै उत्साहित भएका छन् ।
जिल्लामै पहिलोपटक ‘प्रिस्टेस’ डिजाइनमा ८३ मिटर लामो सो पुल रु आठ करोड छ लाखमा निर्माण गरिएको पूर्वाधार कार्यालयका इन्जिीनीयर गुरुदत्त अधिकारीले जानकारी दिनुभयो । पुल निर्माणका लागि विसं २०७२ चैत २१ मा मृतसञ्जीवनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
विसं २०७६ को असारमा ढलान गर्न तयारी अवस्थामा रहेको सो पुल मादीले बगाएपछि काममा पुनः ढिलाइ भएको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याम्दु मादी पुलले पूरा गरेको बताउँदै विकटतालाई निकट र छुट्टिएको गाउँलाई नजीक ल्याएकामा खुशी व्यक्त गर्नुभयो ।
गुरुङले राजमार्गसहितको विकास मादीमा शुरु भएको जनाउँदै पुल निर्माण गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको तथा विकास र अवसरको ढोका खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याउदु पुलले मादीपारिका जनताको मुहारमा खुशी छाएको छ । यससँगै मादीको भैँसेसम्म आउने मध्यपहाडी राजमार्गलाई यही पुल हुँदै वडा नं ७ को मेलबोट भएर पोखरा लैजान सकेको खण्डमा गाउँपालिकाको धेरै वडा पक्की राजमार्गले छुनेछ ।”
यसैगरी मादी गाउँपालिका–७ को सवीको ठाडो खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुल निर्माणपछि वडा नं ६ र ७ का १०० घरधुरीका ५५० जना प्रत्यक्ष लाभान्वित भएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाबाट गरी २२ लाख ३९ हजार १०८ तथा जनश्रमदान ५१ हजार ७५० गरी रु २२ लाख ९० हजार ८५७ मा पुल निर्माण गरिएको घट्टेखोला सवी ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर विकले जानकारी दिनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा