
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भन्नुभयो, ‘‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले प्रदेश सरकार र स्थानीय पालिकाले थप सुविधा दिएर भए पनि गाउँमै डाक्टर राख्ने वातावरण बनाउनुपर्छ ।”
गाउँगाउँका अस्पतालमा चिकित्सकहरु नबस्दा ग्रामीण भेगका स्थानीयवासीले शहरका महङ्गा अस्पतालसम्म पुगेर उपचार गर्न बाध्य हुँदै आएको र यसको अन्त्य गरिने उहाँको भनाइ छ । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नागरिकलाई आधारभूत सेवा पु¥याउन तीनवटै सरकार लागिपरेका छन् । यतिमात्र नभई शिक्षा, सडक, खानेपानीलगायतका विकास सरकारले गाउँगाउँमा समेत गरिरहेकाले यस्ता सेवा उपलब्ध हुँदा बसाइँ सराइसमेत रोकिनेछ ।” भवन निर्माणसँगै अस्पताललाई स्वास्थ्य उपकरणले भरिपूर्ण बनाउनुपर्ने भएकाले तीनै सरकारको यसमा ध्यान केन्द्रित छ । मुख्यमन्त्रीले भन्नुभयो, “भवनमात्र भएर हुँदैन आवश्यक उपकरण र डाक्टर अनिवार्य हुन्छ ।”
त्यस्तै मुख्यमन्त्री गुरुङले गिलुङमा सो अस्पताल सम्पन्न भएपछि प्रदेश सरकारका तर्फबाट एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, प्रमुख सचिव विष्णुप्रसाद नेपाल, न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे, प्रदेश नीति योजना आयोगका सदस्य डा विष्णुराज बराल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गाउँपालिका अध्यक्ष प्रेम घले, उपाध्यक्ष कुमारीमुनि गुरुङलगायतको उपस्थिति रहेको थियो ।
यस अस्पतालसहित जिल्लामा छ वटा अस्पतालको शिलान्यास गरिएको छ । यहाँ आठ स्थानीय तहमध्ये बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिका बाहेकका स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेमा १० श्ययाको अस्पताल संविधानसभा सदस्य जमीन्द्रमान घलेले शिलान्यास गर्नुभएको छ । त्यस्तै सुन्दरबजार नगरपालिका–३ च्यानपाटामा संविधानसभा सदस्य डा भीष्मनाथ अधिकारीले १५ श्यया क्षमता अस्पतालको शिलान्यास गर्नुभएको छ । दूधपोखरी गाउँपालिका–२ विचौरमा प्रदेशसभा सदस्य मधु अधिकारीले गर्नुभयो । राइनास नगरपालिका–४ चक्रतीर्थमा १५ श्ययाको आधारभूत अस्पतालको नगर प्रमुख सिंहबहादुर थापाले शिलान्यास गर्नुभयो ।
त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालमा १५ श्ययाको आधारभूत अस्पतालको शिलान्यास नगरप्रमुख रमेशकुमार पाण्डेले गर्नुभएको छ । सङ्घीय सरकारले दोर्दी गाउँपालिकामा १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको थियो । जग्गा प्राप्तिको विषयमा प्रक्रिया नमिल्दा अस्पतालको शिलान्यास कार्यक्रम रोकिएको छ । एघार रोपनी जग्गा किन्ने तयारीमा रहेको र जग्गा किन्नका लागि मन्त्रालयसँग स्वीकृति लिनुपर्ने भए पनि हालसम्म नलिएकाले आज अस्पतालको शिलान्यास कार्यक्रम रोकिन पुगेको गाउँपालिकाले जनाएको छ । दोर्दीले एक महिनाभित्र अस्पताल निर्माण शुरुआत गर्ने गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिनुभयो । जिल्लाका आठ स्थानीय तह रहेकामा बेँसीशहर नगरपालिका बाहेकका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय तथा छनोट सरकारले गरेको थियो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा