
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । नेपाल प्रहरीका एक ईन्सपेक्टर श्रीमतीलाई विचल्लीमा पारेर वेखबर भएपछि उनकी श्रीमती न्याय खोज्दै प्रहरीको शरणमा पुगेकी छिन् । प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माकी श्रीमती स्मृतिले खोजतलास तथा कारवाही गरी पाउँ भनी श्रीमान् कैं विरुद्धमा प्रहरी तथा प्रशासनमा उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक शर्माको वडा प्रहरी कार्यालय पोखरा–६ बैदाममा सरुवा भएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले त्यहाँबाट रवाना लिएर बैदाम दरबन्दी भएका ईन्सपेक्टर शर्मा विदाई भईसकेर गएको जानकारी दिए । यता वडा प्रहरी कार्यालय बैदाममा बुझ्दा समेत ईन्सपेक्टर ध्रुब अझै त्यहाँ पनि आईपुगेका छैनन् ।
डिएसपी कुँवरले भने–‘४/५ दिन भयो, यहाँबाट विदा भएर गएको । तर उनको परिवारका तर्फबाट खोजतलास तथा कारवाहीका लागि उजुरी परेको छ । त्यस विषयमा आज हामी छलफल गर्दैछौं । विदामा भएकोले अहिले ध्रुबसँग सम्पर्क हुन सकेको छैन ।’
प्रहरी निरीक्षक शर्माकी श्रीमती स्मृतिले आफूलाई विचल्लीमा पारेर वेखबर भएकोले खोजतलास तथा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दर्ता गरेको जानकारी दिईन् । स्मृतिले भनिन्–‘विवाह भएको आठ महिना भयो । घरमा पनि लैजानु भएको छैन । पेटमा भएको बच्चा पनि जबरजस्ती फाल्न लगाउनु भयो । अहिले विना खबर वेपत्ता भएर मलाई विचल्लीमा पारेर भाग्नु भएको छ ।’
म्याग्दी नै माईत भएकी स्मृतिसँग प्रेम सम्बन्धमा रहेका ईन्सपेक्टर ध्रुबले पोखरामा अर्कै युवतीसँग विहेको तयारी गरेका थिए । टिकाटालो भईसकेको अवस्थामा स्मृतिले आफ्नो पेटमा भएको बच्चासहित प्रहरीकोमा पुगेर उजुरी गरेपछि पोखरामा हुन लागेको विवाह टुटेको थियो । पछि ईन्सपेक्टर ध्रुबले स्मृतिसँग जेठ १० गते मन्दिरमा विवाह गरेका थिए ।
स्मृतिले भनिन्–‘मलाई गर्भवती अवस्थामा पु¥याएर उहाँले पोखरामा विवाह गर्न टिकाटालो नै गरिसक्नु भएको रहेछ । त्यो थाहा पाएर मैले उजुरी गरेपछि विवाह त रोकियो । तर मलाई उहाँले पटक–पटक यातना दिने र विचल्लीमा पारेर भाग्ने काम गर्नुभएको छ ।’ ‘मलाई सम्बन्ध विच्छेद गर्ने बारम्बार धम्की दिनुहुन्छ । चरम यातना दिए पछि यसले आफैं मलाई छाडेर जान्छे भनेर पटक–पटक यस्ता हर्कतहरु प्नि गर्नुभो । म उहाँ नै भनेर सहेर, सहमती गरेर बसे । तर आज एक्कासी उहाँले मलाई छोडेर बेखबर भई हिड्नुभयो । त्यसैले म उहाँको खोजी गर्दैछु ।’ स्मृतिले भनिन् ।
त्यसो त ईन्सपेक्टर ध्रुबले पोखरामा गर्न लागेको विवाह टुटेपछि वैशाख ११ गते स्मृतिसँग विवाह दर्ता गरेका थिए । विवाह दर्ता गरेको लगभग १ महिनापछि जेठ १० गते स्मृतिका दिदीभिनाजुसहितको उपस्थितिमा गलेश्वर मन्दिरमा पुगेर स्मृतिको सिउँदोमा सिन्दुर राखेका थिए । श्रीमती स्मृतिका अनुसार ध्रुबले विवाह गरेपछि लगातार २ दिनसम्म मानसिक र शारीरिक यातना दिएर पेटमा भएको बच्चा फाल्न बाध्य बनाएका हुन् ।
सुरक्षाकर्मीबाट नै असुरक्षित र विचल्लीमा परेपछि स्मृतिले मंसिर ९ गते नै जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला प्रशासन कार्यालय म्याग्दीमा खोजतलास तथा कारवाहीका लागि उजुरी दिन बाध्य भईन् । स्मृतिले दिएको उजुरीमा गाँस, बाँस र कपाससहितको सुरक्षा व्यवस्था मिलाउन र कारवाही गर्न माग गरेकी छिन् । स्मृतिले भनिन्–‘मलाई उहाँको बदनाम गर्न मन थिएन । तर मलाई पटक–पटक विचल्ली र वेखर्ची बनाएर यसरी सम्पर्कविहिन भएर भागेपछि म सञ्चारमाध्यममा आउन बाध्य भए ।’
प्रहरी निरीक्षकको जिम्मेवारी सम्हालेका व्यक्तिबाट नै यस्ता घटना हुनुले नेपाल प्रहरी संगठन र बर्दी कै बदनाम भएको छ । यस घटनालाई प्रहरी संगठनले पनि गम्भिरताका साथ हेर्नु पर्ने र यस्ता विकृति र प्रवृत्ति रोक्न ठोस कदम र कार्वाही गर्नुपर्ने देखिन्छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा