
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । नेपाल प्रहरीका एक ईन्सपेक्टर श्रीमतीलाई विचल्लीमा पारेर वेखबर भएपछि उनकी श्रीमती न्याय खोज्दै प्रहरीको शरणमा पुगेकी छिन् । प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माकी श्रीमती स्मृतिले खोजतलास तथा कारवाही गरी पाउँ भनी श्रीमान् कैं विरुद्धमा प्रहरी तथा प्रशासनमा उजुरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक शर्माको वडा प्रहरी कार्यालय पोखरा–६ बैदाममा सरुवा भएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले त्यहाँबाट रवाना लिएर बैदाम दरबन्दी भएका ईन्सपेक्टर शर्मा विदाई भईसकेर गएको जानकारी दिए । यता वडा प्रहरी कार्यालय बैदाममा बुझ्दा समेत ईन्सपेक्टर ध्रुब अझै त्यहाँ पनि आईपुगेका छैनन् ।
डिएसपी कुँवरले भने–‘४/५ दिन भयो, यहाँबाट विदा भएर गएको । तर उनको परिवारका तर्फबाट खोजतलास तथा कारवाहीका लागि उजुरी परेको छ । त्यस विषयमा आज हामी छलफल गर्दैछौं । विदामा भएकोले अहिले ध्रुबसँग सम्पर्क हुन सकेको छैन ।’
प्रहरी निरीक्षक शर्माकी श्रीमती स्मृतिले आफूलाई विचल्लीमा पारेर वेखबर भएकोले खोजतलास तथा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दर्ता गरेको जानकारी दिईन् । स्मृतिले भनिन्–‘विवाह भएको आठ महिना भयो । घरमा पनि लैजानु भएको छैन । पेटमा भएको बच्चा पनि जबरजस्ती फाल्न लगाउनु भयो । अहिले विना खबर वेपत्ता भएर मलाई विचल्लीमा पारेर भाग्नु भएको छ ।’
म्याग्दी नै माईत भएकी स्मृतिसँग प्रेम सम्बन्धमा रहेका ईन्सपेक्टर ध्रुबले पोखरामा अर्कै युवतीसँग विहेको तयारी गरेका थिए । टिकाटालो भईसकेको अवस्थामा स्मृतिले आफ्नो पेटमा भएको बच्चासहित प्रहरीकोमा पुगेर उजुरी गरेपछि पोखरामा हुन लागेको विवाह टुटेको थियो । पछि ईन्सपेक्टर ध्रुबले स्मृतिसँग जेठ १० गते मन्दिरमा विवाह गरेका थिए ।
स्मृतिले भनिन्–‘मलाई गर्भवती अवस्थामा पु¥याएर उहाँले पोखरामा विवाह गर्न टिकाटालो नै गरिसक्नु भएको रहेछ । त्यो थाहा पाएर मैले उजुरी गरेपछि विवाह त रोकियो । तर मलाई उहाँले पटक–पटक यातना दिने र विचल्लीमा पारेर भाग्ने काम गर्नुभएको छ ।’ ‘मलाई सम्बन्ध विच्छेद गर्ने बारम्बार धम्की दिनुहुन्छ । चरम यातना दिए पछि यसले आफैं मलाई छाडेर जान्छे भनेर पटक–पटक यस्ता हर्कतहरु प्नि गर्नुभो । म उहाँ नै भनेर सहेर, सहमती गरेर बसे । तर आज एक्कासी उहाँले मलाई छोडेर बेखबर भई हिड्नुभयो । त्यसैले म उहाँको खोजी गर्दैछु ।’ स्मृतिले भनिन् ।
त्यसो त ईन्सपेक्टर ध्रुबले पोखरामा गर्न लागेको विवाह टुटेपछि वैशाख ११ गते स्मृतिसँग विवाह दर्ता गरेका थिए । विवाह दर्ता गरेको लगभग १ महिनापछि जेठ १० गते स्मृतिका दिदीभिनाजुसहितको उपस्थितिमा गलेश्वर मन्दिरमा पुगेर स्मृतिको सिउँदोमा सिन्दुर राखेका थिए । श्रीमती स्मृतिका अनुसार ध्रुबले विवाह गरेपछि लगातार २ दिनसम्म मानसिक र शारीरिक यातना दिएर पेटमा भएको बच्चा फाल्न बाध्य बनाएका हुन् ।
सुरक्षाकर्मीबाट नै असुरक्षित र विचल्लीमा परेपछि स्मृतिले मंसिर ९ गते नै जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला प्रशासन कार्यालय म्याग्दीमा खोजतलास तथा कारवाहीका लागि उजुरी दिन बाध्य भईन् । स्मृतिले दिएको उजुरीमा गाँस, बाँस र कपाससहितको सुरक्षा व्यवस्था मिलाउन र कारवाही गर्न माग गरेकी छिन् । स्मृतिले भनिन्–‘मलाई उहाँको बदनाम गर्न मन थिएन । तर मलाई पटक–पटक विचल्ली र वेखर्ची बनाएर यसरी सम्पर्कविहिन भएर भागेपछि म सञ्चारमाध्यममा आउन बाध्य भए ।’
प्रहरी निरीक्षकको जिम्मेवारी सम्हालेका व्यक्तिबाट नै यस्ता घटना हुनुले नेपाल प्रहरी संगठन र बर्दी कै बदनाम भएको छ । यस घटनालाई प्रहरी संगठनले पनि गम्भिरताका साथ हेर्नु पर्ने र यस्ता विकृति र प्रवृत्ति रोक्न ठोस कदम र कार्वाही गर्नुपर्ने देखिन्छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु