
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । गण्डकी प्रदेशका सभासद् दीपक मनाङे भनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामालाई डाँका चोरी मुद्दाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पक्राउ गरी उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । जिल्ला अदालत कास्कीबाट बुधबार ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जानकारी दिएको छ ।
दिक्छेन लामालाई पोखरा महानगरपालिका वडा नं. १० रक्षामार्गस्थित एक घरबाट कार्तिक ८ गते २० लाख रुपैयाँ जतिको बहुमुल्य धातु र मूर्ति लगायतको धनमाल चोरी गरेको आरोपमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार लामालाई रोनित गुरुङको घरमा चोरी गरेको आरोप लागेको हो ।
श्रीमान्–श्रीमती बिच राम्रो सम्बन्ध नभएको र डेढ महिनादेखि अलग भएकी दिक्छेन लामा हेटौंडास्थित आफ्नै माईती घर पदमपोखरीमा बस्दै आएकी थिईन् । उनलाई सभासद् दीपक मनाङेले नै माईतीमा छिन् भन्ने पत्ता लगाएर प्रहरीलाई खबर गरी पक्राउ गरेको दावी गरेका छन् । दीपक मनाङेको फेसबुक स्टाटसमा श्रीमती लामाले डेढ महिनाअघि घर छाडेर हिडेको भनेका छन् भने माईतमा बसेकी लामालाई कार्तिक ८ गते चोरीको आरोप लगाईएको छ । यो विषयमा श्रीमान् श्रीमती बिचको खटपट हो वा वास्तवमा चोरी नै भएको हो भन्ने तथ्य प्रहरी अनुसन्धानबाट नै अवश्य खुल्नेछ ।
मनाङबाट प्रत्यक्ष निर्वाचित सभासद् मनाङेको सामाजिक सञ्जाल फेसबुकमा राखिएको स्टाटसबाट श्रीमान्–श्रीमती बिच राम्रो सम्बन्ध नभएको प्रष्ट बुझिन्छ । गुण्डागर्दी र अपराधिक पृष्ठभूमिबाट आएका दीपक मनाङेले फेसबुकमा चाहे श्रीमती, छोराछोरी वा दाजुभाइ जसले बदमासी गरेपनि कडा भन्दा कडा कारवाही गर्नुपर्ने स्टाटस लेखेका छन् । तर यस विषयमा आरोपित दिक्छेन लामा प्रहरी हिरासतमा भएकाले वास्तविकता र सत्य घटना प्रहरी अनुसन्धान पश्चात् मात्र थाहा हुनेछ ।

१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा