
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
सुर्खेत, ८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सोमबार दिउँसो पार्टीको कार्यक्रम चलिरहेको सुर्खेतको शुभ होटलबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पक्राउ गरेका छन् ।
पुनर्गठन अभियानका लागि सुझाव संकलन गर्न सुर्खेत पुगेका पौडेल होटलको सभाकक्षमा अन्य एमाले नेताहरूसँग छलफल गरिरहेका बेला प्रहरी टोली पुगेर उनलाई नियन्त्रणमा लिएको हो । यो पक्राउले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार नै सुर्खेत जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर पौडेललाई पक्राउ गर्न निर्देशन दिएको थियो । विभागले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेर केही महत्वपूर्ण कागजात पनि बरामद गरेको स्रोतले जनाएको छ ।
विभागका अनुसार, पौडेलमाथि राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हितमा काम गरेर लाभ लिएको गम्भीर आरोप छ । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् । विभागले उनलाई काठमाडौं ल्याएर हिरासतमा राख्ने र मंगलबार विशेष अदालतमा म्याद थपका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।
बालुवाटार प्रकरणबाट उन्मुक्ति, अब सम्पत्ति शुद्धीकरणको फन्दामा
पौडेल यसअघि बालुवाटार जग्गा प्रकरणमा जोडिएका थिए । उनको छोराको नाममा बालुवाटारको सरकारी जग्गा रहेको खुलासा भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यलाई प्रतिवादी बनाएर उनलाई उन्मुक्ति दिएको थियो । तर अब सम्पत्ति शुद्धीकरणको छानबिनले उनी फेरि चर्चामा आएका छन् ।
आठ पटक मन्त्री र पाँच पटक अर्थमन्त्री बनेका पौडेलले देशको अर्थतन्त्रको बागडोर सम्हालेका थिए । उनी पटक–पटक उपप्रधानमन्त्रीसमेत बने । तर राजनीतिक उचाइ र शक्तिको चरम प्रयोगका बाबजुद अहिले उनीविरुद्ध लागेको यो मुद्दाले एमाले पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा ठूलो बहस सिर्जना गरेको छ ।
पौडेल आइतबारदेखि सुर्खेतमा थिए । एमालेले देशभर पार्टी पुनर्गठन अभियान चलाइरहेको बेला उनी कर्णाली प्रदेशमा सुझाव संकलन कार्यक्रममा सहभागी थिए । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू पनि सहभागी थिए । तर सुझाव संकलनकै बीच पौडेल प्रहरीको नियन्त्रणमा परे ।
प्रहरीले उनलाई सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याउने तयारी गरेको छ । यो घटनाले एमालेको आन्तरिक पुनर्गठन अभियानलाई नै प्रभावित पार्ने देखिन्छ । विष्णु पौडेलको पक्राउ नेपाली राजनीतिमा शक्ति, सम्पत्ति र जवाफदेहिताको नयाँ अध्यायको सुरुवात हो कि भन्ने प्रश्न उठेको छ । विभागले थप अनुसन्धानलाई तीव्रता दिने भएको छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन