
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
३रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
४लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
५पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
६पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
७लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
८मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
९भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१०२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
११काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, ८ असार । सामुदायिक विद्यालयको जग्गा हडप्न नक्कली सुकुम्बासी खडा गरेर भ्रष्टाचार गरेको आरोप लागेका कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गर्दै जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त फैसला गरेको हो। दोषी ठहरिनेमा भुमी आयोगका अध्यक्ष गंगा प्रसाद पोख्रेल, सदस्य आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमकुमारी नेपाली र नक्कली सुकुम्बासी भिमबहादुर विक रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १८ माघमा दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। उनीहरूले पोखरा महानगरपालिका वडा नं. २६ स्थित सामुदायिक अमर ज्योती माध्यमिक विद्यालयको तीन रोपनी तीन आना जग्गा हिनामिना गर्न नक्कली सुकुम्बासी परिचय दिएर गैरसुकुम्बासीलाई जग्गा हस्तान्तरण गरेको आरोप थियो।
यो घटनाले सार्वजनिक जग्गा संरक्षण र विद्यालय शिक्षा प्रणालीमाथि भएको गम्भीर आक्रमणलाई उजागर गरेको छ। सामुदायिक विद्यालयको जग्गा जोगाउनुपर्ने जिम्मेवारी बोकेका कर्मचारी र भुमी आयोगका पदाधिकारीहरू नै मिलेर जग्गा हडप्ने प्रयास गरेको यो घटना नेपालमा भ्रष्टाचारको जड कति गहिरो छ भन्ने प्रमाण हो।
विशेष अदालतको यो फैसलालाई भ्रष्टाचारविरुद्धको सङ्घर्षमा सकारात्मक कदम मानिए पनि, अधिकारीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा भने अझै विचाराधीन रहेको छ।
अदालतले दोषी ठहर गरेका व्यक्तिहरूले कैद र जरिवाना तिर्नुपर्ने भए पनि, सार्वजनिक जग्गा हिनामिनाबाट भएको क्षति पूर्ति र दोषीहरूलाई थप कानुनी कारबाही हुनुपर्ने माग समेत उठ्न थालेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने जिम्मेवारीमा बसेकाहरू नै सरकारी जग्गा हडप्ने धन्दामा संलग्न भएको यस घटनालाई निकै गम्भीर रूपमा लिइएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव