
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, ८ असार । घरभित्र पसी दराज तोडफोड गरी चोरी गर्ने दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१५, मेरिगोल्डस्थित एक घरमा चोरी भएको घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
गत जेठ २४ गते दिउँसोको समयमा मनिसा थापाको घरमा बालिका मात्रै रहेको मौका छोपी चोरी भएको थियो। आफूलाई ’झ्याल–ढोका नाप्न आएको’ भनी परिचय दिँदै घरभित्र प्रवेश गरेका व्यक्तिले दराज तोडफोड गरी सुनका गरगहना र नगद १३ हजार रुपैयाँ चोरी गरेर फरार भएका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राविधिक अनुसन्धानलाई तीव्र पारेको थियो। अनुसन्धानका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा–९, शिवनगर बस्ने ३५ वर्षीय भुवनबहादुर साह शंकरको संलग्नता देखिएपछि असार ४ गते प्रहरीले उनलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो।
पक्राउ परेका साहमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट उनले चोरी गरेका सुनका बालाहरू करिब साढे ६ लाख रुपैयाँ मूल्य बराबरमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई हाल काठमाडौंको मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई बिक्री गरेको खुलेको थियो। सोही आधारमा प्रहरीले सुनारलाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीका अनुसार, पक्राउ परेका दुवैजनाविरुद्ध सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी चोरी तथा डाँकासम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट सुनका विभिन्न गरगहनाहरू (तिलहरी, चन्द्रमा, झुम्का, औंठी र मुन्द्रा), चाँदीका गरगहना (बाला, सिक्का र सिक्री), नगद ८१ हजार ५ सय रुपैयाँ तथा वारदातको समयमा प्रयोग गरिएको ज्याकेट र पाइन्ट समेत बरामद गरेको छ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन