
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २९ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध विरुद्धको अभियानमा ‘कठोर प्रहार’ गर्दै एकै महिनामा ठूलो सफलता हासिल गरेको छ। जेठ महिनामा मात्रै १४ वटा छुट्टाछुट्टै लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले कारोबारमा संलग्न २० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको तथ्यांक अनुसार, पक्राउ पर्नेहरूमा १८ पुरुष र २ महिला रहेका छन्। प्रहरीको विशेष अपरेशनका क्रममा बजारमूल्य करोडौं पर्ने विभिन्न प्रकारका लागू औषध बरामद गरिएको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले जानकारी दिए ।
प्रहरीको कारबाहीमा ८ केजी ४५० ग्राम गाँजा, ३९,८९९ ट्याब्लेट ट्रामाडोल/टापेन्टाडोल, १,००० थान एलएसडी, ९३ एम्पुल फेनेरागन, ८० एम्पुल ब्रुफिनर्फिन, ६८ एम्पुल डाइजापाम र ५ ग्राम ७५ मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएको छ।
कास्की प्रहरीको सक्रियताले लागू औषधको अन्तरदेशीय सञ्जालमा पनि प्रहार गरेको छ। पोखरा–७ शहिदचोकबाट १,००० थान एलएसडीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। त्यसैगरी, पोखरा–२९ तालचोकमा ३१.२ ग्राम ब्राउन सुगरसहित एक महिला पक्राउ पर्नु र प्रस्याङबाट हजारौंको संख्यामा टापेन्टाडोल ट्याब्लेट बरामद हुनुले पोखरालाई लक्षित गरी भइरहेको ठूलो कारोबारको जालोलाई समयमै चिर्न सकेको कास्की प्रहरीका प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
जेठ महिनामा लागू औषध मात्र नभई अन्य आपराधिक गतिविधिमा पनि कास्की प्रहरीले उल्लेख्य सक्रियता देखाएको छ। यस अवधिमा कुल २०६ वटा मुद्दा दर्ता भएका छन्, जसमा बैंकिङ कसुर (६६), अभद्र व्यवहार (४०) र ठगी (२०) का घटनाहरू धेरै छन्।
त्यसैगरी, प्रहरीले ६५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ भने चोरीको अभियोगमा युगान्डाका ५ नागरिकसहित सुनका गहना चोरीमा संलग्न गिरोहलाई पनि कानुनी दायरामा ल्याएको छ। सहरको अस्तव्यस्ततालाई कम गर्न फुटपाथमा जथाभावी पार्किङ गरिएका एकहजार ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक व्यवस्थापनमा पनि प्रहरीले कडा कदम चालेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, यी कारबाहीहरूले समाजमा सुरक्षाको अनुभूति दिलाउन र पोखरालाई अपराधमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। प्रहरीले लागू औषध र अन्य गैरकानुनी गतिविधिमा शून्य सहनशीलता अपनाउँदै थप सतर्कता बढाएको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?