
१पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
२‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
३डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
४फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
५फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
६सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
७प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
८‘जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, भुइँ छाड्नु हुँदैन’: सभापति रवि लामिछाने
९रत्न मन्दिर निजी क्षेत्रलाई दिने नेपाल ट्रस्टको प्रस्तावको सर्वत्र विरोध
१०गाँजाको वैधानिक यात्रा सुरु : गण्डकीले बनायो ऐन, सर्वोच्चले दियो संघीय सरकारलाई ३ महिने अल्टिमेटम
११पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
१२प्रधानमन्त्री बालेन र सुरक्षा निकायका प्रमुखहरू बिच छलफल
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
पोखरा, १० वैशाख । धितोपत्र बजारमा संगठित रूपमा ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) गरी साढे तीन अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले प्रतिष्ठित व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छालाई बिहीबार नक्सालबाट नियन्त्रणमा लिइएको हो।
नेपाल धितोपत्र बोर्डले तयार पारेको ’प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३’ का आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले पुष्टि गर्नुभयो।
के छ गोल्छामाथिको अभियोग?
धितोपत्र बोर्डको प्रतिवेदनअनुसार, विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवालको मुख्य योजनामा भएको सेयर बजारको ठूलो जालसाजीमा गोल्छाको ’सहयोगी भूमिका’ देखिएको छ। गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिमका कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा यो समूहले पब्लिक लिमिटेड कम्पनीहरूको रकम दुरुपयोग गरी आफ्नै लगानी रहेका कम्पनीहरूबीच ’सर्कुलर ट्रेडिङ’ मार्फत सेयरको कृत्रिम मूल्य वृद्धि गराएको भेटिएको छ। विशेषगरी नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य बढाउन विना पैसा ’उधारो’ मा अर्बौँको कारोबार गरिएको र त्यसमा गोल्छाले पदमा रहँदा सघाएको प्रतिवेदनको निष्कर्ष छ।
डिजिटल पदचापले खोतलेको रहस्य
नियामक निकायको प्राविधिक अनुसन्धानले यो समूहको संगठित सञ्जाललाई थप उदाङ्गो पारेको छ। प्रतिवेदनअनुसार, हिमालयन रिइन्स्योरेन्स, विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरू र अभियुक्तहरूको व्यक्तिगत खाताबाट एउटै ’इन्टरनेट प्रोटोकल’ ठेगाना प्रयोग गरी सेयर कारोबार गरिएको पाइएको छ। यसले फरक–फरक संस्थाका खाताहरू एउटै केन्द्रबाट सञ्चालन गरी बजारलाई भ्रमित पारेको पुष्टि गर्दछ।
भृकुटी स्टक ब्रोकिङ्गमार्फत २५ प्रतिशत मार्जिन समेत नराखी कानुन विपरीत ठूलो मात्रामा सेयर खरिद–बिक्री गरिएको र यसले दोस्रो बजारलाई नै विकृत बनाएको ठहर बोर्डको छ।
गोल्छाको बचाउ र राजीनामा
यसअघि नै अनुसन्धानको सुइँको पाएका गोल्छाले केही साताअघि मात्र हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनले सार्वजनिक रूपमा आफू अन्तिम लाभग्राही नरहेको र गैरकानुनी कारोबारबारे जानकारी पाएलगत्तै नैतिकताका आधारमा राजीनामा दिएको दाबी गर्दै आएका थिए। तर, बोर्डको प्रतिवेदनले उनलाई कसुर गर्न सहयोग पुर्याउने व्यक्तिको सूचीमा राखेपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो।
को–को छन् अनुसन्धानको घेरामा?
यस प्रकरणमा मुख्य योजनाकार मानिएका दीपक भट्ट र सुलभ अग्रवाल यसअघि नै सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पक्राउ परिसकेका छन्। उनीहरूसँगै सुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र ब्रोकर कम्पनीका कार्यकारी प्रमुख सन्दीप चाचान समेत गम्भीर अनुसन्धानको घेरामा छन्।
प्रहरीले यसलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को समेत गम्भीर उल्लंघन भएको उल्लेख गर्दै विस्तृत छानबिनलाई तीव्रता दिएको छ। निजी क्षेत्रका एक प्रभावशाली नेतृत्वकर्ता नै पक्राउ परेपछि नेपाली व्यावसायिक जगत र सेयर बजारमा यसले ठूलो तरङ्ग पैदा गरेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !