News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !

पोखरा, २ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनमा आयोगको अध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा चयन भएका हुन्।

यसैगरी, अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध चयन भएका छन्।

पहारी यसअघि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०७५ सालमा उनलाई १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

हाल पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आएका पहारीको स्विस इन्टरनेसनल होटल सरोवर यसअघि विवादमा आएको थियो। पोखरा महानगरपालिकाको मापदण्डविपरीत निर्माण भएको उक्त होटलको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि मापदण्ड उल्लङ्घनको आलोचना बढेपछि अन्तिम समयमा उद्घाटन स्थगित भएको थियो। उक्त घटनापछि जेन-जी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो।

डनन्यूज ट्रेन्डिङ