
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनपछि नयाँ सरकार गठन र निर्वाचन घोषणा भएको परिप्रेक्ष्यमा विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा आयोगले यस्ता अभिव्यक्तिले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने खतरा रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक व्यक्तिका कार्यमाथि टिप्पणी गर्ने अधिकारको सम्मान गर्दै यस्ता अभिव्यक्ति मर्यादित, संयमित र मानव अधिकारको मूल्य–मान्यताभित्र रहनुपर्नेमा जोड दिइएको छ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा १९ ले विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले यस्ता अभिव्यक्तिमा अरुको अधिकार र प्रतिष्ठाको सम्मान गर्नुपर्ने दायित्व रहेको स्पष्ट पारेको छ।
त्यस्तै, मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ र ३०६ मा गाली बेइज्जती गर्न नहुने तथा दफा ३०७ मा यस्ता कार्य दण्डनीय हुने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
“आफ्नो अधिकार प्रयोग गर्दा अरुको मर्यादामा ठेस नपुगोस् भन्ने कुरामा ध्यान दिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा हिंसात्मक वातावरण सिर्जना हुनसक्ने जोखिमप्रति सचेत रहन र हिंसालाई प्रश्रय दिने गतिविधिबाट टाढा रहन आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ। साथै, विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित समाधान खोज्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा