
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, ३० भदौं । नेपालमा चलेको जेन–जी आन्दोलनले देशलाई नयाँ मोडमा पुर्याएको छ, तर ठूलो मूल्य चुकाउनु परेको छ। आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ भने १५ जना अझै आइसियूमा जीवन र मृत्युको दोसाँधमा छन्।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएअनुसार ५९ प्रदर्शनकारी र सर्वसाधारण, १० कैदीबन्दी र तीन सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ। त्यस्तै, १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
जेन–जी आन्दोलन २०८२ भदौ २३ (सेप्टेम्बर ८, २०२५) बाट सुरु भएको थियो। यो १३ देखि २८ वर्ष उमेरका युवाहरूको नेतृत्वमा चलेको शक्तिशाली आन्दोलन हो। सरकारको चरम भ्रष्टाचार, वेथिति, कुशासन र भाइभतिजावादको कारण लामो समयदेखि निराश युवाहरु आन्दोलित भएका थिए । पछिल्लो समय सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर), ह्वाट्सएपसहित २६ सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि झन् यो आन्दोलन भड्कियो। तर यो केवल सतही कारण थियो।
गोली लागेर गम्भीर घाइते भएका बैतडीका १८ वर्षीय दीपक साउद र नुवाकोटका २७ वर्षीय शुभराज बलामी श्रेष्ठको वीर अस्पतालको आइसियूमा मृत्यु भयो। उनीहरूको टाउकोमा गोली लागेको थियो। प्रहरीको गोलीबाट मृत्यु हुनेहरूको छाती, घाँटी र टाउकोमा बढी चोट देखिएको छ। भदौ २३ मा प्रहरीको गोलीबाट ४५० भन्दा बढी घाइते भए।
नेपालमा युवा बेरोजगारी चिन्ताजनक छ। २०२४ को तथ्यांकअनुसार १५–२४ वर्ष उमेरका युवाहरूमा बेरोजगारी दर २०.८ प्रतिशत छ। सरकारी निकायमा भ्रष्टाचार र भाइभतिजावादले गर्दा धेरै युवाले अवसर पाएका छैनन्। धेरैजसो विदेश पलायन हुन बाध्य छन्। बंगलादेशको २०२४ को विद्यार्थी आन्दोलन र श्रीलंकाको ’अरागलाया’ बाट प्रेरित भएर नेपालका युवाले पनि आफ्नो आवाज उठाए। सोसल मिडियामा प्रतिबन्धले उनीहरूको अभिव्यक्ति स्वतन्त्रता खोसिएको महसुस भएपछि आन्दोलन झन् उग्र बन्यो।
आन्दोलनको पहिलो दिन भदौ २३ मा नै २१ जनाको मृत्यु भयो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगजनी गरे, जेल तोडफोड गरे र प्रहरीसँग ठूलो झडप भयो। नेपाल प्रहरीका अनुसार गोली लागेर, आगलागीमा जलेर र कुटपिटबाट धेरैको मृत्यु भएको हो। मृतकमा जेन–जी युवा, प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र भारतीय नागरिक पनि छन्। आइतबार काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ जनाको जलेको शव भेटियो। प्रहरी प्रवक्ता विनोद घिमिरेले भने, ‘जलेका भवनहरू खोज्दा शव र कंकाल भेटिने क्रम जारी छ। मृतकको संख्या अझै बढ्न सक्छ।’
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा