
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, ३० भदौं । नेपालमा चलेको जेन–जी आन्दोलनले देशलाई नयाँ मोडमा पुर्याएको छ, तर ठूलो मूल्य चुकाउनु परेको छ। आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ भने १५ जना अझै आइसियूमा जीवन र मृत्युको दोसाँधमा छन्।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएअनुसार ५९ प्रदर्शनकारी र सर्वसाधारण, १० कैदीबन्दी र तीन सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ। त्यस्तै, १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
जेन–जी आन्दोलन २०८२ भदौ २३ (सेप्टेम्बर ८, २०२५) बाट सुरु भएको थियो। यो १३ देखि २८ वर्ष उमेरका युवाहरूको नेतृत्वमा चलेको शक्तिशाली आन्दोलन हो। सरकारको चरम भ्रष्टाचार, वेथिति, कुशासन र भाइभतिजावादको कारण लामो समयदेखि निराश युवाहरु आन्दोलित भएका थिए । पछिल्लो समय सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर), ह्वाट्सएपसहित २६ सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लगाएपछि झन् यो आन्दोलन भड्कियो। तर यो केवल सतही कारण थियो।
गोली लागेर गम्भीर घाइते भएका बैतडीका १८ वर्षीय दीपक साउद र नुवाकोटका २७ वर्षीय शुभराज बलामी श्रेष्ठको वीर अस्पतालको आइसियूमा मृत्यु भयो। उनीहरूको टाउकोमा गोली लागेको थियो। प्रहरीको गोलीबाट मृत्यु हुनेहरूको छाती, घाँटी र टाउकोमा बढी चोट देखिएको छ। भदौ २३ मा प्रहरीको गोलीबाट ४५० भन्दा बढी घाइते भए।
नेपालमा युवा बेरोजगारी चिन्ताजनक छ। २०२४ को तथ्यांकअनुसार १५–२४ वर्ष उमेरका युवाहरूमा बेरोजगारी दर २०.८ प्रतिशत छ। सरकारी निकायमा भ्रष्टाचार र भाइभतिजावादले गर्दा धेरै युवाले अवसर पाएका छैनन्। धेरैजसो विदेश पलायन हुन बाध्य छन्। बंगलादेशको २०२४ को विद्यार्थी आन्दोलन र श्रीलंकाको ’अरागलाया’ बाट प्रेरित भएर नेपालका युवाले पनि आफ्नो आवाज उठाए। सोसल मिडियामा प्रतिबन्धले उनीहरूको अभिव्यक्ति स्वतन्त्रता खोसिएको महसुस भएपछि आन्दोलन झन् उग्र बन्यो।
आन्दोलनको पहिलो दिन भदौ २३ मा नै २१ जनाको मृत्यु भयो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगजनी गरे, जेल तोडफोड गरे र प्रहरीसँग ठूलो झडप भयो। नेपाल प्रहरीका अनुसार गोली लागेर, आगलागीमा जलेर र कुटपिटबाट धेरैको मृत्यु भएको हो। मृतकमा जेन–जी युवा, प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी र भारतीय नागरिक पनि छन्। आइतबार काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ जनाको जलेको शव भेटियो। प्रहरी प्रवक्ता विनोद घिमिरेले भने, ‘जलेका भवनहरू खोज्दा शव र कंकाल भेटिने क्रम जारी छ। मृतकको संख्या अझै बढ्न सक्छ।’