
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, १८ साउन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति शनिबार पोखरामा गठन भएको छ। लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। यो समितिले गण्डकी प्रदेशमा युवा उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन्। यस्तै, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
त्यसैगरी समितिको सदस्यहरुमा थानेश्वर बराल, अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपाल कृष्ण संग्रौला, धर्मराज पन्थी, सन्तोष प्रधान र सुरेन्द्र कुँवर चयन भएका छन् ।
अध्यक्ष जितु गुरुङले युवा उद्यमीहरूलाई एकजुट बनाई नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामीले गण्डकी प्रदेशलाई उद्यमशीलताको केन्द्र बनाउनेछौँ, जसले यहाँका युवाहरूलाई रोजगारी र समृद्धिको अवसर प्रदान गर्नेछ,” उनले भने।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै प्रदेश सरकार युवा उद्यमीहरूसँग सहकार्य गर्न तयार रहेको बताए। उनले पर्यटन र कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न छिट्टै लगानी सम्मेलन आयोजना गरिने घोषणा गरे।
मुख्यमन्त्री पाण्डेले आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनी सुधारको खाका प्रस्तुत गरे। उनले बाँझो जमिनको उपयोग गरी गाँजा (भाङ) खेतीलाई औषधीय प्रयोजनका लागि व्यावसायिक बनाउने र स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने योजना सुनाए। “गाँजाको औषधीय गुणलाई उपयोग गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ,” उनले भने, “तर यसको दुरुपयोग रोक्न कडा कानुनी प्रावधान लागू गरिनेछ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरी पर्यटकको बसाइ अवधि २० दिनसम्म पुर्याउन सकिने सम्भावना औँल्याए। उनले आफ्नो कम्पनीमार्फत हालसम्म १० अर्ब लगानी भइसकेको र आवश्यक परे थप लगानी गर्न तयार रहेको बताए।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा हाल ६ हजार चारसय ६० वटा वैदेशिक लगानीका व्यवसाय सञ्चालनमा रहेको र करिब ६ अर्ब लगानी भित्रिएको जानकारी दिए। उनले लगानी सहजीकरणका लागि कानुनी सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यले यो सम्मेलनले नेपालका सम्भावनाहरूलाई उजागर गर्न र लगानी भित्र्याउन उत्साह थपेको बताए। सनराइज बैंक र होप आईभीएफजस्ता संस्थाहरूको सहकार्यमा आयोजित यो कार्यक्रमले गण्डकी प्रदेशमा उद्यमशीलताको नयाँ अध्याय सुरु भएको संकेत गरेको छ। यो समितिको गठन र लगानी सम्मेलनको तयारीले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर