
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
१०गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
पोखरा, १८ साउन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति शनिबार पोखरामा गठन भएको छ। लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। यो समितिले गण्डकी प्रदेशमा युवा उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ, सचिवमा चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन्। यस्तै, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
त्यसैगरी समितिको सदस्यहरुमा थानेश्वर बराल, अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपाल कृष्ण संग्रौला, धर्मराज पन्थी, सन्तोष प्रधान र सुरेन्द्र कुँवर चयन भएका छन् ।
अध्यक्ष जितु गुरुङले युवा उद्यमीहरूलाई एकजुट बनाई नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामीले गण्डकी प्रदेशलाई उद्यमशीलताको केन्द्र बनाउनेछौँ, जसले यहाँका युवाहरूलाई रोजगारी र समृद्धिको अवसर प्रदान गर्नेछ,” उनले भने।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्वाचित समितिलाई बधाई दिँदै प्रदेश सरकार युवा उद्यमीहरूसँग सहकार्य गर्न तयार रहेको बताए। उनले पर्यटन र कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न छिट्टै लगानी सम्मेलन आयोजना गरिने घोषणा गरे।
मुख्यमन्त्री पाण्डेले आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनी सुधारको खाका प्रस्तुत गरे। उनले बाँझो जमिनको उपयोग गरी गाँजा (भाङ) खेतीलाई औषधीय प्रयोजनका लागि व्यावसायिक बनाउने र स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने योजना सुनाए। “गाँजाको औषधीय गुणलाई उपयोग गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ,” उनले भने, “तर यसको दुरुपयोग रोक्न कडा कानुनी प्रावधान लागू गरिनेछ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सातै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य विकास गरी पर्यटकको बसाइ अवधि २० दिनसम्म पुर्याउन सकिने सम्भावना औँल्याए। उनले आफ्नो कम्पनीमार्फत हालसम्म १० अर्ब लगानी भइसकेको र आवश्यक परे थप लगानी गर्न तयार रहेको बताए।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा हाल ६ हजार चारसय ६० वटा वैदेशिक लगानीका व्यवसाय सञ्चालनमा रहेको र करिब ६ अर्ब लगानी भित्रिएको जानकारी दिए। उनले लगानी सहजीकरणका लागि कानुनी सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका संयोजक कृष्णप्रसाद आचार्यले यो सम्मेलनले नेपालका सम्भावनाहरूलाई उजागर गर्न र लगानी भित्र्याउन उत्साह थपेको बताए। सनराइज बैंक र होप आईभीएफजस्ता संस्थाहरूको सहकार्यमा आयोजित यो कार्यक्रमले गण्डकी प्रदेशमा उद्यमशीलताको नयाँ अध्याय सुरु भएको संकेत गरेको छ। यो समितिको गठन र लगानी सम्मेलनको तयारीले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ