
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
गफाडी मेयर’का उपाधिले चिनिने धनराज आचार्यको आर्थिक सुशासनको पाटोमात्र नभई कानुन कार्यान्वयनको पक्ष पनि उस्तै टिठ लाग्दो देखिन्छ ।
पोखरा, ५ जेठ । भ्रष्टाचार, वेथिति र अनियमितताको पर्यायवाची बनेको पोखरा महानगरपालिका बजेटको प्रतिशतको हिसाबले बेरुजुमा पहिलो र बेरुजु रकमको आधारमा देशभरिका महानगरपालिकाहरु मध्ये दोस्रो स्थानमा परेको छ ।
महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको ५० करोड ४३ लाख बेरुजु रकम देखिएको छ । देशका ६ वटा महानगरपालिका मध्ये बेरुजु रकमको आधारमा काठमाडौं महानगरपालिका पहिलो स्थानमा रहेको छ ।
‘गफाडी मेयर’का उपाधिले चिनिने धनराज आचार्यको आर्थिक सुशासनको पाटोमात्र नभई कानुन कार्यान्वयनको पक्ष पनि उस्तै टिठ लाग्दो देखिन्छ । सामान्य नागरिकमाथि बाघ झैं जाईलाग्ने मेयर आचार्य पहुँच, प्रभाव र दवावका अगाडि भिजेको बिरालो झैं लुत्रुक्क पर्ने प्रवृत्तिले गर्दा पोखरेलीहरुले सोचेजस्तो विकास र सुशासनको महसुस गर्न सकिरहेका छैनन् ।
महानगरपालिकाको बजेट विभिन्न निजी संघसंस्थाहरुलाई खट्टे बाँडे झैं मनोमानी ढंगले बाँड्ने र पोखरेली जनताले तिरेको करमा रजाईँ गर्न पल्किएका नगरपालिकाकैं कर्मचारी, पर्यटन व्यवसायी, राजनीतिक दल र विभिन्न सामाजिक संघसंस्थाको आवरणमा रहेका पात्रहरुका कारण महानगरपालिका वेथितिको दलदलमा फस्दैं गएको हो ।
‘गफाडी मेयर’का उपाधिले चिनिने धनराज आचार्यको आर्थिक सुशासनको पाटोमात्र नभई कानुन कार्यान्वयनको पक्ष पनि उस्तै टिठ लाग्दो देखिन्छ । सामान्य नागरिकमाथि बाघ झैं जाईलाग्ने मेयर आचार्य पहुँच, प्रभाव र दवावका अगाडि भिजेको बिरालो झैं लुत्रुक्क पर्ने प्रवृत्तिले गर्दा पोखरेलीहरुले सोचेजस्तो विकास र सुशासनको महसुस गर्न सकिरहेका छैनन् ।
गण्डकी प्रदेशभित्रका ८५ वटा पालिकामा बेरुजु १४ अर्ब
महालेखापरिक्षकको प्रतिवेदन अनुसार गण्डकी प्रदेशभित्रका ८५ वटा पालिकामा बेरुजु १४ अर्ब पुगेको छ । गत वर्षसम्म १२ अर्ब ३५ करोड बेरुजु रहेकामा आर्थिक वर्ष २०८०/०८१ मा २ अर्ब २७ करोड थप भएको हो ।
अघिल्लो वर्ष सम्परीक्षणबाट ६६ करोड ९५ लाख फस्र्यौट भएको थियो । पछिल्लो लेखापरीक्षण सहित १३ अर्ब ९५ करोड अद्यावधिक बेरुजु बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशमा बेरुजु र अनियमिततामा पोखरा महानगरपालिका अग्रणी स्थानमा रहेको हो । पोखरा महानगरपालिकाको मात्र ५० करोड ४३ लाख बेरुजु देखिएको छ । त्यसैगरी २६ वटा नगरपालिकाको ८३ करोड ७५ लाख तथा ५८ गाउँपालिकाको ९२ करोड ८६ लाख बेरुजु थपिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गर्दै महालेखापरीक्षक तोयम राया।
पछिल्लो वर्षको बेरुजु मध्ये असुल गर्नुपर्ने २२ प्रतिशत छ । ५० करोड ९१ लाख रुपैयाँ असुल गर्नुपर्ने खालको बेरुजु रहेको महालेखा परीक्षकले देखाएको छ । नियमित गर्नुपर्ने ६८ प्रतिशत अर्थात १ अर्ब ५५ करोड र पेस्की बेरुजु २० करोड २६ लाख अर्थात् ९ प्रतिशत छ ।
गण्डकीमा सबैभन्दा कम बेरुजु चुमनुब्री गाउँपालिकामा
गण्डकीमा सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा ५० करोड ४३ लाख छ भने सबैभन्दा कम चुमनुब्री गाउँपालिकामा ३ लाख ४२ हजार मात्रै छ । धेरै बेरुजु हुनेहरूमा प्रतिशतका हिसाबले सबैभन्दा धेरै मनाङ ङिस्याङमा ५ करोड ४७ लाख छ । ४० करोड ११ लाखको लेखापरीक्षण गरिएकोमा १३.६५ प्रतिशत बेरुजु देखिएको हो ।
५ करोड भन्दा बढी बेरुजु हुने अधिकांश नगरपालिका छन् । जैमिनी ६ करोड ७ लाख, पालुङटारमा ५ करोड ३५ लाख, व्यासमा ५ करोड ९७ लाख, कुस्मामा ५ करोड १ लाख र गैँडाकोटमा ५ करोड ९७ लाख रुपैयाँ बेरुजु छ ।
गण्डकीमा १ अर्ब १८ अर्बको लेखापरीक्षण गरिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शीर्षकमा सङ्घबाट ३५ अर्ब २० करोड विनियोजन भएकोमा ३१ अर्ब ७६ करोड मात्रै हस्तान्तरण गरेको थियो भने प्रदेशबाट २ अर्ब १० करोड विनियोजन भएकोमा १ अर्ब ५२ करोड हस्तान्तरण भएको थियो ।
पालिकाहरूले ३ अर्ब ६१ करोड आन्तरिक आम्दानी गरेका छन् । गत वर्षको जिम्मेवारी ८ अर्ब ४० करोड र यो वर्षको ३ अर्ब ६१ करोड मध्ये ५९ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको छ ।
कूल खर्चमध्ये चालूतर्फ ३२ अर्ब २९ करोड र पूँजीगत तर्फ १५ अर्ब ६३ करोड रुपैयाँ तथा अन्य खर्च ११ अर्ब ९८ करोड छ । ६ अर्ब ८६ करोड चालू वर्षको लागि जिम्मेवारी सारेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम