
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, २६ चैत । हालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था बदल्ने उद्घोषसहित शान्तिपूर्ण आन्दोलन थालेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बालुवाटारको भात पानी बन्द गर्नेदेखि देशलाई बंगलादेश र श्रीलंका बनाउनेसम्मको चेतावनी दिएको छ ।
राप्रपा बागमती प्रदेश कमिटीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै त्यस पार्टीका नेताहरूले आफूले भनेजस्तो समझदारी गर्न तयार नभए आन्दोलन जारी राख्दै बालुवाटारको भातपानी बन्द गर्ने, नेताहरूको घर घेर्ने तथा बंगलादेश र श्रीलंका बनाउनेसम्मको धम्की दिएका हुन् ।
सभामा सम्बोधन गर्ने नेताहरूको आक्रोश व्यवस्था भन्दा पनि सरकारको नेतृत्व गर्ने दलका नेताहरूको कार्यशैलीले देश बर्बाद भएको भन्दै कार्यशैली नसुधारेसम्म विश्राम नलिने उद्घोष गरे । कांग्रेस, एमाले र माओवादीलगायत सबैलाई ओली, देउवा र प्रचण्डबाट अब देश नबन्ने थाहा भएकाले उनीहरूलाई जति दिन राख्यो त्यति नै देश बर्बाद हुने राप्रपा नेताहरूको भनाइ छ ।
खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ओली देउवा र प्रचण्डबाट देश सच्चिने र लिकमा आउने कुनै पनि सम्भावना नरहेको दाबी गरे ।
शिक्षकहरूको आन्दोलनप्रति सरकारले गरेको व्यवहारलाई उदाहरण दिँदै उनले शिक्षकहरूले भनेमा आफूहरू अहिले नै गएर समर्थन गर्ने र माग पुरा गरिदिने समेत बताए ।
‘आज देश सबै हिसाबले भद्रगोल र बर्बाद अवस्थामा छ । अव यिनीहरूबाट यो देश सच्चिने र लिकमा आउने कुनै सम्भावना छैन’, लिङ्देनले भने, ‘त्यसैले हामीले देशलाई लिकमा ल्याउन र हाम्रो जीवनकालमा देश बनाउन देशव्यापी रूपमा व्यापक जनदाव सिर्जना गर्नुपर्नेछ ।’ उनले प्रदेशस्तरीय कार्यक्रम सकेपछि काठमाडौँ केन्द्रित कार्यक्रम गर्न लागेको जानकारी गराउँदै नेताहरू नसच्चिएसम्म विश्राम नलिने र त्यसका लागि बालुवाटार घेरेर भातपानी बन्द गर्नसम्म पछि नपर्ने चेतावनी दिए ।
‘नसुध्रने हो भने हामी पनि गाली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले चेतावनी दिँदै भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । केपी ओलीजी, गृहमन्त्रीजी शान्ति र अहिंसालाई कमजोरी नठान्नु !’
अध्यक्ष लिङ्देनले शान्तिपूर्ण बाटोबाटै परिवर्तनका लागि हिँडेको भन्दै सत्ता सधैँभरि आफ्नो हातमा हुन्छ भनेर नसोच्न गणतन्त्र पक्षधर दलहरूलाई चुनौती दिए । ‘सत्ता सधैँभरि तपाईँको हातमा हुँदैन, जनता गोठको गाईबस्तु होइनन्’, प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिँदै उनले भने, ‘जति दिन हाम्रा साथीहरूलाई थुन्नुहुन्छ यो जनमत दिन दुई गुणा रात चौगुना बढेर जान्छ । देशमा राजा चाहिन्छ भन्नु राज्यविरुद्धको अपराध हो ?’
दुर्गा प्रसाईँलाई प्रहरीले नै भगाएको आरोप लगाउँदै लिङ्देनले प्रहरी प्रमुख युवा संघको सहअध्यक्ष रहेको गम्भीर आरोप लगाए ।
‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्याँसका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्याँस कसरी एक्सपाइरी हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’
चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको दाबी लिङ्देनको छ । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको दोहो¥याए ।
खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष पशुपति शमशेर राणाले मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त भएको टिप्पणी गरे ।
‘मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त छ । मुलुकमा सुशासन र इमान्दारिता चाहिन्छ’, राणाले भने, ‘अहिलेको सरकारले हाम्रा नेताहरूलाई नियन्त्रणमा लिएर क्रूर काम गरेको छ । तीन कुने घटनाको छानबिन गर्न निष्पक्ष आयोग गठन गरियोस् ।’
अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा रावणहरूको शासन रहेको आरोप लगाए । उनले रावणहरूको शासनले नै देशलाई कमजोर बनाएकाले त्यसलाई मुक्त गर्नुपर्ने धारणा राखे ।
‘नेपालमा अहिले रावणहरूको शासन छ । रावण भनेको के हो ? रावण भनेको अहङ्कार र अरूको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जो जो राजनीतिज्ञहरू छन् उनीहरू यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरे पनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’ –रातोपाटी डटकम
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई