
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २५ चैत । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको ९७ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।
काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा आज राति ७ः४५ बजे रिसालकोे निधन भएको उनकी छोरी सुष्मा रिसालले बताइन् । मुटु तथा फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसाललाई आइतबार नै अस्पताल लगिएको थियो ।
रिसालले मृत्युपश्चात् आफ्नो शरीर शिक्षण प्रयोजनका लागि ललितपुरस्थित पाटन अस्पताललाई दिने घोषणा यसअघि नै गरेका थिए । त्यही भएर उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।
२९ साउन १९८५ मा भक्तपुरको तिथलीमा जन्मिएका रिसाल घट्टेकुलोस्थित निवास बस्दै आएका थिए । ०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले पछिल्लो रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँदै आएका थिए । उनले ०५६ बाट सुरु गरेको कुरोकन्थो गत २९ साउनमा बिट मारेका थिए । उनले ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला पनि लामो समय चलाएका थिए । उनी नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् । रिसालले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । त्यसअघि तथ्यांक विभागमा छँदा उनी लिम्पियाधुरा क्षेत्रको गणनाका लागि पनि पुगेका थिए ।
०४८ को आमनिर्वाचनमा उनले नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर– २ मा चुनाव लडेका थिए । कांग्रेसका जगन्नाथ आचार्यसँग पराजित भए ।
पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बाश्री र वातावरण संरक्षण पुरस्कार प्राप्त गरेका थिए । उनका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनूभवसंग्रह)लगायत पुस्तक प्रकाशित छन् ।
रिसालले ९७औँ जन्मदिनका अवसरमा गत २६ साउनमा तीनवटा कृति सार्वजनिक गरेका थिए । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाको संग्र्रह ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरिएका थिए । रिसालका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !