
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २० चैत । कास्कीमा आजदेखि लागुऔषध नियन्त्रण महाअभियान २०८१/८२ शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको हो ।
लागुऔषध नियन्त्रण लागुऔषध दुव्र्यसनलाई नियन्त्रण, लागुऔषधिको कारोबार तथा बिक्री वितरण, ओसारपसारलाई नियन्त्रण गर्न र समाजमा सचेतनामूलक विभिन्न कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानको रहेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको उद्घाटन गर्दै लागू औषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । “लागुऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका छन् । यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रका सरोकारवाला पक्षको सक्रिय सहभागिता, साझेदारी र सहयोग आवश्यक पर्दछ”, पाण्डेले भन्नुभयो ।
पछिल्लो समयमा युवाहरू बढी लागुऔषध दुव्र्यसनीबाट पीडित भइरहेकाले उनीहरूलाई कुलतबाट हटाउने पहिलो दायित्व परिवारको भएको उहाँले बताउनुभयो । “आमा/बुबा तथा छरछिमेकले आफ्ना बाुनानीले के गर्दै छन्, कस्तो संगत गर्दै छन् भन्ने कुराको जानकारी लिनुपर्दछ । उनीहरूलाई माया ममता, स्नेह तथा अपनत्व हुने गरी बढी परिवारमै घुलमिल गराउनुपर्दछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जिल्लामा लागुऔषधको ओसारपसार, उत्पादन तथा बिक्री वितरणको कार्य रोक्नका लागि विशेष टोली परिचालन गर्ने गरिएको बताउनुभयो । उहाँले महाअभियानमा विभिन्न शीर्षकमा ४७ वटा गतिविधि समेटिएका र यसलाई छ महिनासम्म महाअभियानको रूपमा वडा वडामा लैजाने बताउनुभयो ।
कार्यक्रममा पोखरा नाटक घरबाट लागुऔषध दुव्र्यसनीसम्बन्धी सडक नाटक तथा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हाम्रो परिवार नेपाल लागुऔषध सुधार केन्द्रका सञ्चालक शिव न्यौपाने आफू लागुऔषधको दुव्र्यसनीमा फस्दाको अवस्थामा भोग्नुपरेको पीडा प्रस्तुत गर्नुभएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !