
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखौं नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।
संविधानसभाबाट जारी संविधान कार्यान्वयनमा देखिएको कमजोरी सच्याएर जानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संशोधन अगावै राजनीतिक शक्तिबीच व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न, महिला, दलित, आदिवासी जनजातिलाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो । “कसैले वंश शासन ल्याउने खोजे ठूलो मूल्य चुकाउनुपर्छ”, उहाँले भन्नुभयो, “देश र जनताको भलो नगरेको राजतन्त्र कुनै पनि हालतमा फर्कँदैन ।”
जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिँदै अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएको टिप्पणी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुर्मुराउने प्रयास गरिरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो । “जनतालाई सामन्ती व्यवस्थाको खाँचो छैन, फेरि पनि जनतालाई उत्पीडनमा पर्न दिदैंनौं”, उहाँले भन्नुभयो, “अबको यात्रा पश्चगमन नभई अग्रगमन हो ।”
महासचिव चन्दले किसान, मजदुर, युवा, विद्यार्थीलगायत आमनागरिकले भोग्दै आएको समस्या समाधान गरेर जान सरकारलाई सुझाव दिनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गराउन गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सार्वभौम अधिकारप्राप्त आमनागरिक कोही पनि राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । आमसभाअघि समाजवादी मोर्चाले काठमाडौँको विभिन्न स्थानबाट जुलुस निकालेको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई