
१एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
३डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
४ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
५व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
६सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
७काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
८सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
९नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१०अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा, ११ कार्तिक । प्रहरी अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको आरोप्रति जिल्ला प्रहरी कार्यालय कास्कीले आपत्ति जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी बसन्तकुमार शर्माले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक लगायत सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको अनुरोध गरिएको छ । साथै कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि कास्की प्रहरीले अनुरोध गरेको छ ।
कार्तिक ८ गते म्याद थप गर्न जाँदा पूर्वगृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले विभिन्न मिडियामा यस्तो आरोप लगाउँदैं वक्तव्यवाजी गरेका थिए । जुन भनाईलाई यतिबेला सामाजिक सञ्जालमा प्रयोग गरेर कास्की प्रहरीमाथि एकोहोरो गाली गर्ने काम भईरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम संगठित रुपमा ठगी गरेको आरोपमा कात्तिक २ गते शुक्रबार काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट सभापति लामिछानेलाई पक्राउ गरिएको थियो । उनलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराईएको थियो । अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो । यतिबेला लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको थुनुवा कक्षमा छन् ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने