
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
पोखरा, ३ कार्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।
शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार राती नैं स्थलमार्ग हुँदैं पोखरा ल्याई पु¥याएको हो । पोखरा ल्याएसँगैं राति नै लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परिक्षण गरी राति २ः४५ बजे जिप्रका कास्कीमा पुर्याईएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सभापति लामिछानेलाई ल्याउँदैं गर्दा गेट बाहिर रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले, उपाध्यक्ष डीपी अर्याल लगायतको टोली नाराजुलुश गर्दै बसिरहेका थिए । स्थलमार्ग हुँदैं पोखरा ल्याउने क्रममा बिच बिचमा लामिछाने समर्थक र सहकारी पीडित बचतकर्ताहरुले नाराजुलुश गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीबाट झण्डै ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लामिछाने प्रबन्ध निर्देशक हुँदा रकम अपचलन गरेको आरोप लागेको हो । संसदीय छानबिन विशेष समितिले समेत सहकारी ठगीमा रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी लगायतलाई कारवाही गर्नुपर्ने सिफारिस गरेको थियो ।
स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी पीडित बीच आमनेसामने
सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरुले आज पोखरामा विहान ११ बजे विरोध प्रदर्शन गर्ने भएका छन् । त्यसैगरी सहकारी पीडित बचतकर्ताहरुले पनि आज विहानै ११ बजे ठगीमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
यस विषयमा तनावग्रस्त स्थिति हुने देखेर जिल्ला प्रशासन कार्यालय कास्कीले विहान ८ बजे सहकारी पीडितसहितको सर्वदलीय बैठक बोलाएको छ । बैठकमा हुन सक्ने सम्भावित झडपलाई नियन्त्रण गर्नका लागि छलफल हुन लागेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
रास्वपासँग दलगत नभई रवि लामिछाने व्यक्तिसँग सहकारी ठगी र संगठित अपराधको मुद्दा जोडिएको भएपनि यसलाई राजनीतिक रंग दिएर विवादमा ल्याउने काम भईरहेको सहकारी पीडित बचतकर्ताहरुको आरोप छ ।
सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समिति तथा तदर्थ समितिका अध्यक्ष किरण श्रेष्ठले सहकारी ठगीमा संलग्न सबैमाथि कडा भन्दा कडा कारवाही होस् भनेर आफूहरुले आज विहान ११ बजे शान्तिपूर्ण विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने-‘हाम्रो कुनै पनि दलसँग प्रतिशोध छैन । सहकारीको बचत जसजसले हिनामिना गरेका छन् र त्यस घटनामा संलग्न छन् । तिनीहरु जुनसुकै पार्टीको भएपनि कारवाही हुनुपर्दछ भन्ने हाम्रो माग हो । हामी हाम्रो बचत रकम फिर्ता चाहन्छौं । त्यो भन्दा बढि हाम्रो कसैसँग कुनै रिस, राग र प्रतिशोध छैन ।’
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ