
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
बाजुरा, १ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, शान्ति र मुलुकको समृद्धिको कामना गर्नुभएको छ ।
यहाँको त्रिवेणी नगरपालिका–७ स्थित ऐतिहासिक नाट्यश्वरी मन्दिरको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले परापूर्वकालदेखि बडिमालिका क्षेत्रका यी पवित्र धार्मिकस्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको आफूले सुन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज म यस पुण्यभूमिमा उभिएर प्रार्थना गर्दछु–सम्पूर्ण नेपाली जनताको सुख, शान्ति र मुलुकको समृद्धि होस् ।”
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको अद्वितीय छटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु ।”
बाजुरावासीले आफूलाई ‘विपन्नतामा छौँ’ भन्ने भावना नराख्न आग्रह गर्दै उहाँले यस ठाउँको कृषि, पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई प्रसिद्ध धार्मिकस्थल एवम् दिव्यधामले एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाजुरामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक धरोहर हुँदाहुँदै पनि विकास र समृद्धिमा पछाडि परेको छ, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जाने विश्वास व्यक्त गर्दछु । ” त्रिवेणीमा अवस्थित बडिमालिका दिव्यधामलाई नेपालकै एक अलौकिक धरोहरका रूपमा लिइने र यस्तो दिव्यधाममा आएर बडिमालिकाको दर्शन र नाट्यश्वरी देवीको दर्शन गर्न पाएकामा उहाँले खुसी प्रकट गर्नुभयो ।
राष्ट्रपति पौडेलले बडिमालिका क्षेत्र धार्मिक, पर्यटकीय, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक सुरम्य स्थलका रूपमा रहेको बताउनुभयो । “यहाँका अलौकिक, प्राकृतिक सम्पदा जस्तैः कस्तुरी, मृग, झारल, घोरल, बाघ, भालु, विभिन्न चराचुरुङ्गी, डाँफे, मुनाल साथै अमूल्य जडीबुटीहरूले सु–शोभित पुण्यभूमिको आरक्षण र यस क्षेत्रको विकास जरुरी छ भन्ने मलाई लागेको छ, यसका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।
यस दिव्यधामको सानिध्यमा रहेका त्रिवेणी, मौर्या क्षेत्र र नाट्यश्वरी देवीको मन्दिर नेपालको प्रसिद्ध धार्मिकस्थल हो । बडिमालिका दर्शनपछि नाट्यश्वरी मन्दिरमा आएर दर्शन गर्ने मान्यतासमेत रही आएको छ । स्कन्धपुराणको मानस खण्डमा यस स्थलको उल्लेख गरेको पाइन्छ । यसअघि आज बिहान राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिकस्थल बडिमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नुभएको थियो । सो अवसरमा प्रथम महिला सबिता पौडेल सहभागी हुनुहुन्थ्यो । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन