
१राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
२मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
३ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
४आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
५कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
६सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
७निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
८‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
९कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
१०स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
१११ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
१२प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
९पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१०बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
पोखरा, २३ भदौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने होईन’ निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले भने ‘कार्यलय समयमा तपाईहरु भेट्न हिँड्दा, आफ्नो अधिकारको कुरा गर्दा जनतालाई सेवा कसले दिन्छ ? जनताको सेवा प्रभावित हुन भएन ।’
पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने विषय लिएर दैनिक जसो कर्मचारीहरु, ट्रेड युनियनकर्मीहरु समुह बनाएर कार्यलय समयमा मुख्यमन्त्री कार्यलय, मन्त्रालय आउने गरेपछि मुख्यमन्त्री पाण्डेले आफ्ना मुद्धाका विषयमा माग राख्दा, भेट्न हिँड्दा समयको ख्याल गर्न निर्देशन दिएका हुन् ।
कर्मचारीहरुको वृत्ती विकास र अधिकारका सवालमा सरकार संवेदनशिल रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले कर्मचारी युनियन, कर्मचारी संघ, संगठनहरुलाई कर्मचारीको साझा मुद्धामा केन्द्रित भएर सरकारलाई सुझाव दिन अनुरोध गरे । ‘कर्मचारीका मुद्धा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानकालागि सरकारलाई सहयोग गर्नुहोस्’ उनले भने ‘सरकार वाँधिएर सबै माग एकै पटक पुरा गर्ने स्थित रहँदैन ।’
संघीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले प्रदेशको स्रोत साधन, क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रित हुन सुझाव दिए । प्रदेश निजामती ऐनमा सुधार गर्नुपर्ने केही विषयहरु प्रदेश सभाबाट संशोधनको तयारी भएको उनले बताए ।
सरकार भनेको मुख्यमन्त्री, मन्त्री, सचिवहरु मात्र नभएर सबै कर्मचारी र जनप्रतिनिधि भएकाले सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ‘व्यवशायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नारालाई व्यवाहारमा उतार्ने गरी काम गर्न कर्मचारीलाई शुभकामना दिए ।
नागरिकको अपेक्षा, वद्लिँदो प्रविधिमैत्री सेवा दिने विषयमा दक्ष र सक्षम हुँदै नागरिकको असिमित अपेक्षा र आवश्यकतालाई सहज रुपमा पुरा गर्दै जाने सरकारको योजना रहेकाले सोही अनुसार कर्मचारीले आफ्नो सेवामा ध्यान दिनुपर्नेमा जोड दिए ।
‘सरकारको प्रतिनिधि कर्मचारी हो, तपाईहरुले दिने सेवाबाट नागरिकले सरकार कस्तो छ, सेवा कस्तो छ भन्ने अनुभूति गर्छन, मूल्याङकन गर्छन’ मुख्यमन्त्री पाण्डेले भने ‘जनताको काम सहज रुपमा गरिदिनुहोस्, काम हुन सक्दैन भने के कारण हुँदैन, भन्ने प्रष्ट भनिदिनुहोस्, नागरिकलाई वुझाउने दायित्व पनि तपाई हाम्रो हो ।’
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियका अध्यक्षहरु लगायतले कर्मचारीको वृत्ति विकास, अधिकार, प्रदेश निजामती ऐनमा संशोधन र संवोधन गर्नुपर्ने विषयहरु लगायतका बारेमा धारणा राखेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको आयोजनामा भएको निजामती सेवा दिवसको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, बिभिन्न खेलकुद प्रतियोगिता, हाँजिरि जवाफ लगायत कार्यक्रम भएको थियो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन