
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, ५ कार्तिक । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक लगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो ।
पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल, बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका वल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले ‘फ्रोफेसनल इङगेजमेन्ट फर सेफर मोबिलिटी’ पोखरा विश्वविद्यालयका सहप्राध्यापक बुद्धिराज जोशीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल र सडक यातायात’, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सिडिई रामकुमार श्रेष्ठले मन्त्रालयको कार्यप्रगति र प्रदेशको अवस्थाको बारेमा र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष अधिवक्ता योगेन्द्रबहादुर केसीले गण्डकी प्रदेशको सार्वजनिक यातायातको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्र माथि नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अर्थोपेडिक एसोसिएसनका पूर्व अध्यक्ष तथा नेशनल रोड सेफ्टी एलान्यसका सदस्य प्रा.डा. बुलन्द थापा, बाबा फाउण्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठ, अटो पत्रकार संघ नेपालका अध्यक्ष उज्ज्वल जंग शाह, एकेडेमिक नेटवर्क फर रोड सेफ्टी रिसर्च (टियु)का सुजना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशको सडक यातायातको सुधारका लागि सुझाव तथा सुरक्षित हेलमेन्टको प्रयोग र परिचर्चासमेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशकै दीगो विकास, सडक र यातायातको व्यवस्था तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले ‘गण्डकी प्रदेश एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी’ नामक खुल्ला नेटवर्क गठन गर्ने निर्णयसमेत भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले आवश्यक नीतिको अभाव, योजना कार्यान्वयनमा ढिलाई, सरकारी क्षेत्रको बेवास्ताका कारण प्रदेशको दीगो विकास, नागरिक स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनमा समेत नकारात्मक असर परेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले गरेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए