News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रवी लामिछाने पनि चुनाव लड्ने तयारीमा

काठमाडौं, ४ असार । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेसँगैं नयाँ–नयाँ क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । रमेश खरेल, रञ्जना दर्शना हुँदै पछिल्लोपटक रवी लामिछानेले समेत चुनाव लड्ने तयारी गरेका छन् ।

प्रदेश तथा प्रतिनिधि सभाको आउँदै गरेको निर्वाचनमा टेलिभिजन प्रस्तोता रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिएका छन् । यही असार ७ गते काठमाडौंको सभागृहमा भेलाको आयोजना गर्दै लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् ।

कम्युनिष्टलाई पटक्कै मन नपराउने लामिछानेले कांग्रेस र राप्रपा लगायतका दलहरुसँग संवाद अगाडि बढाएका छन् । लामिछाने निकटका पत्रकार दीपक बोहोराले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया अनुसार नयाँ दल खोल्ने कि पुरानै दल कांग्रेस र राप्रपा लगायतका दलसँग मिलेर चुनावमा होमिने भन्ने विषयमा छलफल भईरहेको हो । कांग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरुसँग लामिछानेले एकचरणको संवाद गरिसकेको तथ्य बाहिर आएको छ ।