
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, ३१ जेठ । मासबार आमा समूहका नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाउने क्रम नरोकिएपछि पोखरा महानगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष राममोहन आचार्यले तत्कालैं काम नरोके कारवाही गर्ने चेतावनी दिएसँगैं आजबाट निर्माण कार्य रोकिएको छ ।
स्थानीयले विरोध गरेपनि अटेर गर्दै आमा समूहले भवन निर्माण कार्य थालेको थियो । राजनीतिक पहुँचका आधारमा वरपर रहेका सार्वजनिक जमिन समेत अतिक्रमण गर्दै आईरहेको आमा समूहले अटेर गरेपछि वडाध्यक्ष आचार्यले सम्पूर्ण निर्माण सामाग्री जफत गर्ने चेतावनी दिएसँगैं आमा समूहले काम रोकेको हो।
सडकमा बटुवा समेत हिड्न नमिल्ने गरी आमा समूहले भौतिक संरचनाहरु निर्माण गरेको छ । जसले गर्दा नजिकैं रहेका दुई निजी विद्यालयका हजारौं विद्यार्थीहरु र बटुवालाई समेत राम्रोसँग हिड्न मिलिरहेको छैन । यस्तो अवस्थामा वडा कार्यालयले थप भौतिक संरचनाहरु निर्माण नगर्न रोकेसँगै स्थानीयहरुले आवात–जावातमा सहजता प्रदान गर्न वडाले तत्कालै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
आमा समूहका नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने क्रम नरोकिए पछि वडा कार्यालयमा आजमात्र लिखित रुपमा उजुरी दर्ता भएको छ । सार्वजनिक सम्पत्तिको रक्षा र साँघुरो सडकका कारण दुर्घटना हुन सक्ने भन्दै वडा कार्यालयलाई त्यहाँ सडकको दायाँबायाँ बटुवालाई हिड्न मिल्ने गरी फुटपाथ निर्माण गरिदिन पनि आग्रह गरेका छन् । आमा समूहको नाममा बनाईएको भवनमा फुटपाथसम्म आईपुग्ने गरी फलामे भ¥याङ समेत बाहिरै राखिएको छ । त्यसलाई पनि व्यवस्थित रुपमा राख्न स्थानीयले माग गरेका छन् ।
मासबार आमा समूहले न त वडासँग भवन निर्माणका लागि कुनै सहमति लिएको छ, न त पोखरा महानगरपालिकासँग नैं । जबरजस्ती आफूखुशी भवन बनाउने काम भएपछि यस्तो गतिविधि बढ्न सक्ने भन्दै नवनिर्वाचित वडाध्यक्ष आचार्यले कोही कसैलाई पनि कानुन मिचेर काम गर्ने छुट नभएको बताएका छन् ।
यसै विषयमा वडाध्यक्ष आचार्यले मासबार आमा समूहलाई आज नै वडा कार्यालयमा आएर यो विषयमा छलफल गर्न र तत्कालै काम रोक्न निर्देशन दिईसकेका छन् । राजनीतिक रुपमा सेटिङ मिलाएर भवन निर्माण कार्य नरोक्न चलखेल गरिरहेको आमा समूहको प्रयास भने विफल भईरहेको छ ।
सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउन थालेपछि पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरालाई समेत वोधार्थ पठाएर आज वडा कार्यालय ७ मा लिखित उजुरी (दर्ता नं. ९६) दर्ता समेत भएको छ । उक्त मासबार आमा समूहको अध्यक्षमा टिकादेवी अधिकारी रहेकी छिन् ।
सार्वजनिक जमिनमा कुनै पनि संघसंस्थाका नाममा यतिबेला भवन वा भौतिक संरचनाहरु बनाउन नपाईने नियम लागू भईसकेको छ । यसअघि जे जस्तो भएपनि यतिबेला कुनै पनि सार्वजनिक जमिनमा आफू खुशी भवन बनाउन भने पाईदैंन । स्थानीयहरुले भनेका छन्-“जहाँ कार्यालय सञ्चालन गर्न पर्याप्त मात्रामा पुगेको छ । र, बढि भएको तल्लो तलाको कोठाहरु भाडामा समेत आमा समूहले लगाएको छ । त्यतिले नपुगेर नजिकैको सार्वजनिक जमिनमा समेत पार्कमा नाममा हस्तक्षेप गरिएको छ । अब हुँदाहुँदै फेरि छिमेकीको घरको जग नै उदाङ्गो हुने गरी मापदण्ड र नियम विपरित दुईतले भवन बनाउन किन खोजिदैंछ ? के आमा समूह भन्दैंमा जे पनि गर्न छुट पाईन्छ र ?”
आमा समूहको भवन वरपरका वासिन्दादेखि वडावासीको एउटै गुनासो छ-“अझै कति कोठा चाहिने हो यो समूहलाई ? के सार्वजनिक जमिन कहीँ कतैं खाली राख्न नै हुँदैन र ? ” स्थानीय जनताहरुले व्यापक गुनासो गर्दै आएपनि राजनीतिक पहुँच र सेटिङमा चल्दै आईरहेको यो समूहलाई यसपटक नवनिर्वाचित जनप्रतिनिधिहरुले कस्तो कारवाही गर्ने हुन् वा छुटकरा दिने हुन् त्यो भने हेर्न नै बाँकी छ ।

विद्यार्थी तथा बटुवालाई सास्ती: फुटपाथ समेत मिचेर एकातिर मासबार आमा समूह र अर्को तिर निजी भाडाका सवारी साधनहरु राखिदिँदा यतिबेला ३ वटा विद्यालयका विद्यार्थीहरु आवात–जावात गर्ने यो सडक जोखिमपूर्ण बनेको छ । यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जाओस् ।

अटेरी आमा समूह : मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारीसहित समूहका सदस्यहरु । सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउँदै गरेको स्थानमा । तस्विर: डन न्यूज


मासबार आमा समूहले पार्कका नाममा अतिक्रमण गरेर राखेको अर्को सार्वजनिक जमिन । यो जमिनमा पनि भाडा उठाउने भन्दै कुनै दिन भवन नबनाईयोस् भनेर स्थानीयले खबरदारी गरिरहेका छन् ।



पोखरा वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यको निर्देशनपछि भवन बनाउँदै गरेको कामदारहरु काम छाडेर जाँदैं ।

दोहोरो मिचाई सास्ती बटुवालाई : एकातिर मासबार आमा समूहले फुटपाथ नै मिचेको छ भने अर्को तिर निजी तथा भाडाका सवारी साधनहरु यसरी फुटपाथ मैं राखिएका छन् ।

मासबार आमा समूहले सार्वजनिक जमिनमा बनाएको भवन । यो भवनको तल्लो तला आमा समूहले भाडामा लगाएर पैसा उठाई रहेको छ । समूहलाई कार्यालय सञ्चालन गर्न कोठा पर्याप्त हुँदा हुँदै यस्तो अवस्थामा सार्वजनिक जमिन अतिक्रमण गरेर पुनः दुईतलाको दुईकोठे भवन बनाउने गरी काम सुरु गरेपछि स्थानीयहरुले विरोध जनाईरहेका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए