
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, ३१ जेठ । मासबार आमा समूहका नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाउने क्रम नरोकिएपछि पोखरा महानगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष राममोहन आचार्यले तत्कालैं काम नरोके कारवाही गर्ने चेतावनी दिएसँगैं आजबाट निर्माण कार्य रोकिएको छ ।
स्थानीयले विरोध गरेपनि अटेर गर्दै आमा समूहले भवन निर्माण कार्य थालेको थियो । राजनीतिक पहुँचका आधारमा वरपर रहेका सार्वजनिक जमिन समेत अतिक्रमण गर्दै आईरहेको आमा समूहले अटेर गरेपछि वडाध्यक्ष आचार्यले सम्पूर्ण निर्माण सामाग्री जफत गर्ने चेतावनी दिएसँगैं आमा समूहले काम रोकेको हो।
सडकमा बटुवा समेत हिड्न नमिल्ने गरी आमा समूहले भौतिक संरचनाहरु निर्माण गरेको छ । जसले गर्दा नजिकैं रहेका दुई निजी विद्यालयका हजारौं विद्यार्थीहरु र बटुवालाई समेत राम्रोसँग हिड्न मिलिरहेको छैन । यस्तो अवस्थामा वडा कार्यालयले थप भौतिक संरचनाहरु निर्माण नगर्न रोकेसँगै स्थानीयहरुले आवात–जावातमा सहजता प्रदान गर्न वडाले तत्कालै पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
आमा समूहका नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने क्रम नरोकिए पछि वडा कार्यालयमा आजमात्र लिखित रुपमा उजुरी दर्ता भएको छ । सार्वजनिक सम्पत्तिको रक्षा र साँघुरो सडकका कारण दुर्घटना हुन सक्ने भन्दै वडा कार्यालयलाई त्यहाँ सडकको दायाँबायाँ बटुवालाई हिड्न मिल्ने गरी फुटपाथ निर्माण गरिदिन पनि आग्रह गरेका छन् । आमा समूहको नाममा बनाईएको भवनमा फुटपाथसम्म आईपुग्ने गरी फलामे भ¥याङ समेत बाहिरै राखिएको छ । त्यसलाई पनि व्यवस्थित रुपमा राख्न स्थानीयले माग गरेका छन् ।
मासबार आमा समूहले न त वडासँग भवन निर्माणका लागि कुनै सहमति लिएको छ, न त पोखरा महानगरपालिकासँग नैं । जबरजस्ती आफूखुशी भवन बनाउने काम भएपछि यस्तो गतिविधि बढ्न सक्ने भन्दै नवनिर्वाचित वडाध्यक्ष आचार्यले कोही कसैलाई पनि कानुन मिचेर काम गर्ने छुट नभएको बताएका छन् ।
यसै विषयमा वडाध्यक्ष आचार्यले मासबार आमा समूहलाई आज नै वडा कार्यालयमा आएर यो विषयमा छलफल गर्न र तत्कालै काम रोक्न निर्देशन दिईसकेका छन् । राजनीतिक रुपमा सेटिङ मिलाएर भवन निर्माण कार्य नरोक्न चलखेल गरिरहेको आमा समूहको प्रयास भने विफल भईरहेको छ ।
सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउन थालेपछि पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरालाई समेत वोधार्थ पठाएर आज वडा कार्यालय ७ मा लिखित उजुरी (दर्ता नं. ९६) दर्ता समेत भएको छ । उक्त मासबार आमा समूहको अध्यक्षमा टिकादेवी अधिकारी रहेकी छिन् ।
सार्वजनिक जमिनमा कुनै पनि संघसंस्थाका नाममा यतिबेला भवन वा भौतिक संरचनाहरु बनाउन नपाईने नियम लागू भईसकेको छ । यसअघि जे जस्तो भएपनि यतिबेला कुनै पनि सार्वजनिक जमिनमा आफू खुशी भवन बनाउन भने पाईदैंन । स्थानीयहरुले भनेका छन्-“जहाँ कार्यालय सञ्चालन गर्न पर्याप्त मात्रामा पुगेको छ । र, बढि भएको तल्लो तलाको कोठाहरु भाडामा समेत आमा समूहले लगाएको छ । त्यतिले नपुगेर नजिकैको सार्वजनिक जमिनमा समेत पार्कमा नाममा हस्तक्षेप गरिएको छ । अब हुँदाहुँदै फेरि छिमेकीको घरको जग नै उदाङ्गो हुने गरी मापदण्ड र नियम विपरित दुईतले भवन बनाउन किन खोजिदैंछ ? के आमा समूह भन्दैंमा जे पनि गर्न छुट पाईन्छ र ?”
आमा समूहको भवन वरपरका वासिन्दादेखि वडावासीको एउटै गुनासो छ-“अझै कति कोठा चाहिने हो यो समूहलाई ? के सार्वजनिक जमिन कहीँ कतैं खाली राख्न नै हुँदैन र ? ” स्थानीय जनताहरुले व्यापक गुनासो गर्दै आएपनि राजनीतिक पहुँच र सेटिङमा चल्दै आईरहेको यो समूहलाई यसपटक नवनिर्वाचित जनप्रतिनिधिहरुले कस्तो कारवाही गर्ने हुन् वा छुटकरा दिने हुन् त्यो भने हेर्न नै बाँकी छ ।

विद्यार्थी तथा बटुवालाई सास्ती: फुटपाथ समेत मिचेर एकातिर मासबार आमा समूह र अर्को तिर निजी भाडाका सवारी साधनहरु राखिदिँदा यतिबेला ३ वटा विद्यालयका विद्यार्थीहरु आवात–जावात गर्ने यो सडक जोखिमपूर्ण बनेको छ । यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जाओस् ।

अटेरी आमा समूह : मासबार आमा समूहकी अध्यक्ष टिकादेवी अधिकारीसहित समूहका सदस्यहरु । सार्वजनिक जमिन अतिक्रमण गरेर भवन बनाउँदै गरेको स्थानमा । तस्विर: डन न्यूज


मासबार आमा समूहले पार्कका नाममा अतिक्रमण गरेर राखेको अर्को सार्वजनिक जमिन । यो जमिनमा पनि भाडा उठाउने भन्दै कुनै दिन भवन नबनाईयोस् भनेर स्थानीयले खबरदारी गरिरहेका छन् ।



पोखरा वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यको निर्देशनपछि भवन बनाउँदै गरेको कामदारहरु काम छाडेर जाँदैं ।

दोहोरो मिचाई सास्ती बटुवालाई : एकातिर मासबार आमा समूहले फुटपाथ नै मिचेको छ भने अर्को तिर निजी तथा भाडाका सवारी साधनहरु यसरी फुटपाथ मैं राखिएका छन् ।

मासबार आमा समूहले सार्वजनिक जमिनमा बनाएको भवन । यो भवनको तल्लो तला आमा समूहले भाडामा लगाएर पैसा उठाई रहेको छ । समूहलाई कार्यालय सञ्चालन गर्न कोठा पर्याप्त हुँदा हुँदै यस्तो अवस्थामा सार्वजनिक जमिन अतिक्रमण गरेर पुनः दुईतलाको दुईकोठे भवन बनाउने गरी काम सुरु गरेपछि स्थानीयहरुले विरोध जनाईरहेका छन् ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय